• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ५. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

किसानहरूको क्षमता अभिवृद्धि गर्न अर्घाखाँचीको सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • अर्घाखाँची । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ।
    युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आईतबार देखि उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा अर्घाखाँचीको भूवनेश्वर नगर पालिकाका १२ महिला सहित २६ जना कफी व्यवसायी तथा किसानको सहभागिता रहेको छ ।कफीको लागि धेरै सम्भावना बोकेको अर्घाखाँची जिल्लामा कफीको वैज्ञानिक,दिगो तथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ निर्यात क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो ।

    Advertisement

    मुलुक संघियतामा गइसकेको अवस्थामा स्थानीय तह मार्फत उद्यमी तथा किसानलाई कफी मूल्य श्रृंखलामा उनीहरूको उच्चतम सहभागिता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
    कफी उत्पादक तथा कफी व्यवसायिक महासंघका अर्घाखाँची जिल्ला कोषाध्यक्ष पुष्कर नाथ बन्जाडेले अर्घाखाँची जिल्लामा विगतमा धेरै किसान कफी व्यवसायमा लागेको भए पनि बजारीकरणको अभाव भएको बताए । साथै रोगकिरा व्यवस्थापनको ज्ञान नहुँदा धेरै किसानहरू कफी व्यवसायबाट पलाएन भएको स्मरण गर्दै उनले वैज्ञानिक कफी उत्पादन क्षमता अभिवृद्धिका लागि स्थानीय स्तरमा यस किसिमको तालिमले दिगो तथा व्यवसायिक कफी उत्पादनमा सहयोग पुग्ने बताए ।
    तालिमका सहभागी विष्णु माया घमले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञान उपयोग गरी आफूले कफी खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।

    भूमिका स्थान नगरपालिका प्रमुख झविलाल थापाले राज्यका सबै अंग र निजी क्षेत्रको सहकार्यमामात्र दिगो कफी उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए । थापाले ठूलो मात्रामा व्यवसायिक कफी खेती नगरिएसम्म निर्यात क्षमता बढाउन नसकिने बताउँदै किसानको क्षमता स्थानीय तहबाटै विकास गर्नु पर्ने आवश्यकतामा जोड दिए।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने हो भने नेपाली कफीको उत्पादन बढाउन सहज हुने बताए । सरकारले विभिन्न सहुलियतका कार्यक्रम सहित निर्यात प्रवद्र्धन गर्ने योजनाहरू अगाडि बढाएको उनको भनाई छ । कफी किसानले उत्पादन गरेका कफीको बजारको लागि बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवालयका उपसचिव मात्रिका आचार्य, कृषि तथा पशुविकास मन्त्रीका निजी सचिव सुशील भट्टराइ,इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम आइटिसीका संयोजक डा विदुर घिमिरेले नेपालमा कफीको सम्भावना पर्याप्त भएको बताउँदै स्थानीय तहसँगको सहकार्य मार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन गरी कफीको निर्यात बढाउन स्थानीय किसानको लागि आयोजना गरिएको तालिमले सहयोग पुग्ने बताए ।

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ५.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.