चितवन । सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त प्रविधि मैत्री विदेशी शैक्षिक कार्यक्रममा अब्बल आइएसएमटी कलेज, चितवनको आयोजनामा “आइएसएमटी चितवन जब फेयर( मेला) २०२३” सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित कलेज परिषरमा संभवत ःनेपालमै पहिलोपटक यस प्रकारको जब फेयर सम्पन्न भएको हो ।
मेलामा ७ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी र एउटा होटलले जबको अफर गरेको कलेजले जनाएको छ ।आइएसएमटी चितवनका एशोसियट अपरेशन मेनेजर ( सहसञ्चालन व्यवस्थापक) अस्मित आचार्यले विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अभ्यास गर्न र स्वदेशमै रोजगारीको अवसर दिन जब फेयर आयोजना गरिएको बताए । फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता र आकर्षण बढेको उनले बताए ।
आचार्यका अनुसार फेयरमा भायनेट, देवसाइन,भवानी इन्फोटेक,इन्टेल्जी, हर्टसन,डिजीटल यति र चितवन गार्डेन रिसोर्टले जबको लागि आवेदन माग गरेका हुन् ।‘हाम्रो यो कलेज परिषरको फेयरमा ८ वटा कम्पनीले स्टल राख्नु भएको छ, आचार्यले भने, अन द स्पोट जब दिनका लागि यहीं ईन्टरभ्यू र अनुभवी कागज लिएर जब गर्ने छनौट गर्नेछन ।’
मेलामा कलेजका बीएचम, बिएसआईटी पढ्दै गरेका र पढाई सकेका विद्यार्थीलाई लक्षित गरिएको उनले बताए । आज दिनभर चलेको मेलामा सय भन्दा बढीले आवेदन दिएको र अन्य सहभागी गरी दुईसय भन्दा बढीको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुका साथै जबका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धि मुलक भएको आचार्यको भनाई छ । जब फेयरमा रोजगार दिने कम्पनीहरुले सफ्टवेयर निर्माण , डिजाईन, वेवसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाई एप डिभलपमेन्ट लगायतका जबहरु माग गरिएको छ ।
आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जाने उनले जानकारी दिए ।
कलेजमा हाल बिएससी हन्स ( कम्युटर सिस्टम ईञ्जिनियरिङ) आइटी, बीएचएमका कोर्षहरु सञ्चालन भईरहेको छ ।आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि आइएसएमटी कलेजमा विश्वास बढ्दै गएको पाइन्छ । यस कलेजले नेपाली विद्यार्थीलाई नेपालमै बसेर कम शुल्कमा बेलायत स्थित युनिर्भसिटी अफ सन्डरल्याण्डको ग्लोबल डिग्री उपलव्ध गराउँदै आइरहेको छ । कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थीले यो शिक्षाको लागि अवसर पाउने छन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा शत प्रतिशत सम्म छात्रवृति दिने व्यवस्था गरेकोे छ ।
आइएसएमटी कलेजको थप विशेष सुविधा भनेको कोर्ष क्रेडिट ट्रान्सफर हो । विद्यार्थीलाई आफ्नो पढाइको केही कोर्ष यहीं पढ्ने र बाँकी अध्ययन बेलायत, अस्ट्रेलिया र क्यानडाका विभिन्न युनिर्भसिटीबाट पुरा गर्न सकिने व्यवस्था समेत कलेजले उपलब्ध गराउँदै आएको छ । यसले नेपाली विद्यार्थीलाई आर्थिक भार कम हुने र विदेशका युनिर्भसिटीको अध्ययन अध्यापनको अभ्यास यहीं गर्दै आएकोले बाहिर गएर पनि उच्च शिक्षा हासिल गर्न सहज भएको छ ।