• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

वडा नम्बर २ मा जमिन बांँझो राखे जरिवाना


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ ले वडा भित्र बाँझो जमिन राख्न नपाउने निर्णय गरेको छ । वडामा रहेका बांँझो रहेका जग्गालाई कृषि सहित अन्य कामलाई उपयोग गरी सुन्दर तथा उत्पादनशील बनाउन वडाले यो निर्णय गरेको हो । यो वडा भरतपुरको मुख्य शहरी क्षेत्र नजिक क्षेत्रपुरमा पर्दछ ।

    Advertisement

    वडा अध्यक्ष मनोज रानाभाटका अनुसार वडा भित्रका कुनैपनि जमिन बाँझो रहन नदिनका लागि टोलहरु मार्फत तथ्याङ्क लिन थालिएको छ । वडा भित्र १८ वटा टोल रहेका छन् । वडा अध्यक्ष रानाभाटले भन्नुभयो “अबको चारदिन भित्रमा सबैं तथ्याङ्क संकलन भईसक्छ ।”वास्तविक तथ्याङ्क संकलन भएपछि थाहा हुने भए पनि २५ प्रतिशत जमिन बाँझो रहेको अनुमान गरिएको रानाभाटले वताउनुभयो । उहाँले भन्नुभयो “बाँझो जमिनमा कि त आँफै काम गर्नुप¥यो । कि काम गर्नेहरुलाई दिनुप¥यो । अन्यथा जरिवाना नै लगाईने छ ।”

    वडावासीहरुले बाँझो जमिन छोडेकाहरुको सो जमिनमा उब्जनी हुने बराबरको जरिवाना लगाउनु पर्ने सुझाब दिएको भए पनि के कति जरिवाना लगाउने भन्ने बिषयमा दर रेट टुङ्गो लागिसकेको छैन । वडालाई महानगरकै उत्कृष्ट वडाको रुपमा बिकास गर्न लागिएको भन्दै उहाँले जमिनलाई बाँझो र झाडीको रुपमा परिणत गर्न नदिने बताउनुभयो । बाँझो जमिनमा खेती गर्दै गर्दा आम्दानी थोरै भएपनि यसले आत्मनिर्भरतामा मदत पुग्ने उहाँको भनाई छ ।

    यो वडामा करिब २५ हजार जनसंख्या रहेका छन् । महानगर भित्र तीब्र बिकास भएको वडा मध्येमा यो पनि पर्दछ । वडाले जिपिएस प्रबिधिबाट घरको नम्बरिङ् गर्ने काम पनि अघि वढाउँदै छ । रानाभाटका अनुसार सबै घरको बिस्तृत तथ्याङ्क वडा कार्यालयसंग रहने गरी काम गर्न लागिएको हो । वडालाई हरियाली वडाको रुपमा विकास गर्न लागिएको छ । वडाका विभिन्न ठाउंँमा सिसिटीभी जडान, खेलकुद मैदान लगायतका काम हँुदै आएका छन । यो भरतपुरको मुख्य बजार नारायणगढ नजिक रहेको पुरानो व्यवस्थित वस्ती भएको वडा हो ।

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.