• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

एभरेष्ट साकोसको १६ औं बार्षिक साधारण सभा सम्पन्न


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था नारायणगढको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । भरतपुरमा आज सम्पन्न बार्षिक साधारण सभा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी र संस्थाका अध्यक्ष बालगोपाल चुकेको सभापतित्वमा सम्पन्न भएको हो ।
    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइराला ,नेफ्स्कुनका नवराज सापकोटा, एभरेष्ट साकोसका कानुनी सल्लाहकार डाक्टर कुन्साङ्ग लामा , निवर्तमान अध्यक्ष महेन्द्र शाक्य लगायतको सहभागी हुनुहुन्थ्यो ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले सहकारी इतिहास चितवनबाट शुरु भएको बताउंँदै सहकारी उत्पादनमुखी र शेयरसदस्यमैत्री हुनुपर्ने बताउनु भयो । सहकारीले साना पुंँजीलाई एकीकृत गर्दै उद्यमशील बनाउन प्रेरित गर्नुपर्ने भन्दै यस्ता पूंँजीलाई उत्पादन क्षेत्रमा लगाउनु पर्ने बताउनु भयो । छोटो समयमै संस्थाको कुशल नेतृत्वका कारण एभरेष्ट साकोसले उचाई लिएको बताउंँदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष विद्या कोइरालाले वित्तिय क्षेत्रमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । उहांँले सहकारीलाई विश्वास गर्नुपर्ने र बचत बृद्धि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सहकारीमा शुसासन , अनुशासन हुनुपर्ने र जोखिमबाट मुक्त सहकारी बनाउन संघ लागिरहेको उहांँको भनाई थियो ।
    नेफ्स्कुनका नवराज सापकोटाले नेफ्स्कुनले नीति, विधि र प्रविधिमा जोड्न मदत गरेको बताउनु भयो । सहकारीको प्रर्वद्धनको लागि शेयर सदस्य जागरुक बन्नुपर्ने बताउंँदै शेयर सदस्यको जागरुकताबाट मात्रै सहकारी बलियो हुने बताउनु भयो ।

    संस्थाका अध्यक्ष बालगोपाल चुकेले समुदायमा आधारित उत्कृष्ट , व्यवसायिक एवं दिगो वित्तिय सहकारी संस्था भन्ने परिकल्पनाका साथ संस्थाले रणनैतिक योजना निर्माण गरी व्यवसायिक , सामाजिक, सदस्यमैत्री सेवाका साथ अघि बढेको बताउनु भयो । उहांँले सबैको सहयोग , साथ र विश्वासले संस्थाले उचाई प्राप्त गरेको बताउनु भयो । सहकारीका सिद्धान्त मुल्य मान्यता र सरकारको नीति निर्देशनका साथ अघि बढेको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै सम्पूर्ण शेयर सदस्यलाई धन्यवाद दिनु भयो ।

    २०६४ साल चैत्र १४ गते संस्थापक अध्यक्ष स्वर्गीय रविमान श्रेष्ठको नेतृत्वमा २५ जनाबाट शुरु भएको यस संस्थामा हाल चार हजारको हाराहारीमा शेयर सदस्य छन ।
    १२ लाख शेयर पुंँजीबाट शुरु भएको यस संस्थाको शेयर पुंँजी ५ करोड ४० लाख ३७ हजार ७००, बचत रकम २५ करोड २७ लाख २१ हजार ६०६ , ऋण लगानी ३१ करोड ३३ लाख २८ हजार ५९६ र जगेडा तथा अन्य कोष ५, करोड ९७ लाख ४६ हजार ५७९ गरी कुल सम्पत्ति ४० करोड १२ लाख ८० हजार ४८२ रुपैंयाको कारोबार गरेको छ ।

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.