• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ३. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

चितवन मेडिकल कलेजमा अत्यधुनिक सेवा सहित स्तन क्यान्सरको निःशुल्क परीक्षण


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सर परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सर सचेतना महिनाको अवसरमा अस्पतालले ओपिडि टिकट निःशुल्क गरिएको हो । कलेजले अक्टोबर महिना भरी स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिईएको आज आयोजित अस्पतालमा जानकारी दिईयो ।
    सो अवसरमा बोल्दै अस्पतालका निर्देशक प्रताप देवकोटाले अस्पतालको क्यान्सर इन्सिच्युटमा अत्यधुनिक सेवा सहित सबै प्रकारका उपचार भईरहेको बताउनु भयो । ’हामीले क्यान्सर सचेतना मन्थको अवसरमा निशुल्क , छुट सुविधा र अन्य उपचारमा सहुलियत र गुणस्तरीय सेवा दिदै आएका छौं । ’देवकोटाले भन्नुभयो ।

    Advertisement

    अस्पतालले स्तन क्यान्सर न्यूनिकरण र रोकथामका लागि विभिन्न सचेतना कार्यक्रम समेत गर्दै आएको छ । यसको न्यूनिकरणका लागि अस्पतालले चितवनका हरेक स्कुल , कलेजमा प्रत्येक शुक्रबार सचेतना दिंँदै आएको अस्पतालका अंकोलोजिष्ट डाक्टर सुवास ठाकुरले जानकारी दिनुभयो । उहांँका अनुसार कक्षा ९ भन्दा माथिका छात्राहरु र विद्यालय, क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाहरुको पहिचान कसरी गर्ने, कसरी आफैले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ ।

    उहाँले स्तनामा गाँठागुँठी भेटिएमा आत्तिहाल्नु नपर्ने र चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो । ‘स्तनमा हुने सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर गाँठागुँठी देखिए क्यान्सर हो होइन भन्ने यकिन गर्नुपर्छ ’ डाक्टर ठाकुरले भन्नुभयो ।” त्यसका लागि मेमोग्राम र युएसजी गरेर क्यान्सरको यकिन गर्न सकिने उहाँको भनाई थियो ।
    क्यान्सर इन्स्टिच्यूमा सबै बढी मुख, जिब्रो, घाँटी, पाठेघर, ब्रेष्ट र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेको उहाँले बताउनु भयो ।
    सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा.दयाराम लम्सालले शुरुआती अवस्थामा स्तन क्यान्सर पहिचान गर्न सके निको हुने दर पनि उच्च हुने बताउनुभयो ।
    स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसंख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको चिकित्सक विशेषज्ञको भनाई छ ।

    विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउंँदै आएको छ । सोही क्रममा आज सिएमसी परिषरबाट भरतपुर अस्पताल सम्म पिंक वाकाथन कार्यक्रम सम्पन्न गरेको छ ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.