• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनका कवाड व्यवसायी भन्छन : ठेक्का प्रथा खारेज नभएसम्म आन्दोलन जारी हुन्छ


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरलाई पटक पटक अनुरोध, धर्ना र वार्ता गर्न समेत नमानेपछि चितवनका कवाड व्यवसायीले पुनः शशत्त, आन्दोलन गर्ने घोषणा गरेका छन ।

    Advertisement

    भरतपुर महानगरपालिकाका कवाडी व्यवसायीहरुले महानगरको ठेक्का कर प्रणालीको विरुद्धमा शशक्त आन्दोलन गर्ने तयारी गरेका हुन् । आज (शनिबार‘ सरसफाई तथा पुनउपयोगी वस्तु व्यवसायी संघ र चितवन कवाड व्यवसायी संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ठेक्का प्रणाली फिर्ता नभएसम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै सरसफाई तथा पुनःउपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकर बहादुर खत्री क्षेत्रीले नियमित महानगरमा धर्ना गर्र्दा पनि सुनुवाई नभएपछि घटस्थापनाको भोलीपल्ट देखि शशक्त आन्दोलन गर्न लागिएको बताए । ‘पहिले हामी महानगरका मात्र व्यवसायी थियौं अब हामी जिल्लाकै व्यवसायी एकजुट भई आन्दोलनको तयारी गरेका छौं ।’ उनले भने । असोज २१ देखि धर्र्ना विरोध, प्रर्दशन, शान्तिपुर्ण र्याली गर्दा पनि महानगरले बार्तासम्म गर्न नबोलाएकोले शशक्त आन्दोलनमा जाने तयारी गरेको उनको भनाई छ ।

    सो अवसरमा बोल्दै चितवन कवाडी व्यवसायी संघका अध्यक्ष नारायण सिंह गुरुङ्गले आफूहरु ९ महिनादेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा ठेक्का प्रथाको विरोध गर्दै आएको तर महानगरले आफ्नो अडान नछाडेका कारण बाध्य भएर सडकमा आउनु परेको बताए । आफूहरुले अब निरन्तर रुपमा धर्ना र्याली, पुन ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको उनको भनाई छ । ‘हामीले अहिलेसम्म धेरै शान्तिपुर्ण तरीकारले प्रर्दशन गर्यौं , कुरा राख्यौं सुनुवाई बुझाई भएन । अब हामी व्यवसायनै ठप्प पारेर सडकमा आउंँदैछौं ।’ उनले भने ।
    राज्यलाई कर तिर्ने मनसाय नरहेको भन्दै उनले अहिलेको आर्थिक परिवेषमा महानगरसंँग सहजीकरण गर्न मात्र खोजेको बताए । ’करकै कुरा गर्ने हो भने हामीले भन्दा अरुले कमैले कर तिर्ला , उनले भने , यस्तो बेलामा हामीलाई हतोत्साही गर्ने कि प्रोत्साहित गर्ने ।‘ आफूहरुले आयकर, मुल्य अभिवृद्धि कर ,घरबहाल कर, व्यवसाय कर, निकासी कर, अन्र्तरपालिकासम्मको निकासी कर तिर्दै आएको उनले बताए ।
    महानगरपालिका करको नाम पारेर आफैले व्यवसाय गर्न लागेको उनीहरुको आरोप थियो ।

    संघका सल्लाहकार भोलानाथ सापकोटाले व्यवसाय बन्द गरेपछि यसको नतिजा महानगरले नै भोग्नुपर्ने भन्दै आक्रोश पोखे । ‘हामीलाई व्यवसाय बन्द गरेर के हुन्छ, हामीसंँग अन्य विकल्प पनि छ नि । एकदिन मात्र कवाडी बस्तु नउठ्दा महानगरको अवस्था के हुन्छ ?’ उनले भने । महानगरपालिकाकै सफाइकर्मी आफूसंँग आश्रित रहेकोले उनीहरुले समेत काम ठप्प पार्ने उनको भनाई थियो । महानगरको कुल फोहरको ४० प्रतिशतसम्म कवाड व्यवसायीले पुन उपयोग गर्दै आएकोले महानगरले गम्भिर भएर सोच्नु पर्ने उनले बताए ।

    संघका सचिव पुरन मल्लले महानगरको यस निर्णयले सयौंको व्यवसाय र रोजगारी खोसिन लागेको बताए । ‘कवाडी सामानको भन्दा मुल्य भन्दा बढी कर लिएको छ,, अब हामी कहांँ व्यवसाय गर्न सक्छौं उनले भने, अहिले व्यवसाय नविकरण गर्न त समस्या छ , नत अहिले कवाड व्यवसायनै चलेको छ । देशको आर्थिक मन्दीका कारण ६० प्रतिशत भन्दा बढी कवाड व्यवसायमा गिरावट आएको उनको भनाई थियो । भरतपुर महानगरपालिकामा मात्रै करीब सयको हाराहारीमा कवाड व्यवसायी छन । जहांँ ५ हजारको हाराहारीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.