• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेजद्धारा शुभकामना सहित उत्कृष्ट प्राध्यापक–कर्मचारीलाई सम्मान


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • चितवन । नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरुको महान् पर्वहरुको शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ ।

    Advertisement

    कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान् चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै उनीहरुलाई सम्मान गरेको हो । कलेजमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल प्राध्यापकसहित नियमित कलेज अध्यापन गराउने प्राध्यापक र कर्मचारीलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको कलेजका सहायक प्राचार्य तिलक पन्थीले जानकारी दिनुभयो ।

    त्यस्तैगरी, कक्षा आठ र कक्षा १० को परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भएको भन्दै गैँडाकोट नगरपालिकाद्वारा सम्मानित भएका अक्सफोर्ड माध्यमिक विद्यालयका विभिन्न सात जना विषयगत शिक्षकहरुलाईसमेत सम्मान गरिएको पन्थीले बताउनुभयो ।
    त्यसैगरी, अक्सफोर्ड कलेजको भगिनी संस्थाको रुपमा रहेका विभिन्न शैक्षिक संस्थामध्ये उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको भन्दै खैरहनीको पर्सा बजारमा रहेको ग्लो साइन एकेडेमी माध्यमिक विद्यालय र नारायणगढमा रहेको सेन्ट्रल इङ्लिस स्कुललाईसमेत सम्मान गरिएको पन्थीले जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि एवं अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टका प्रिन्सिपल हरि भण्डारीले समाजमा जुनसुकै व्यक्ति पनि सकारात्मक सोच र विचार राखेर अघि बढ्नुपर्ने बताउनुभयो । कलेजका प्राध्यापकहरुले वास्तविक रुपमा काम गरेर नतिजा दिनुपर्ने उल्लेख गर्दै भण्डारीले विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्नेगरी शिक्षा दिनुपर्ने बताउनुभयो ।

    नेपालीहरु कला र संस्कृतिले धनी रहेका उल्लेख गर्दै उहाँले संस्कृतिसँगै हामी जोडिनुपर्ने भण्डारीले बताउनुभयो । नेपाली समाज नकारात्मकतातर्फ गइरहेको भन्दै उहाँले विभिन्न सञ्चार माध्यममा कलेजका विषयमा नकारात्मक रुपमा भाइरल भइरहेको बताउनुभयो । कलेजले नेपालमै उत्कृष्ट नतिजा ल्याउँदा यसबारे कसैले नलेखेका भन्दै उहाँले कलेजको बारेमा सबै सत्य कुरा लेखिदिन मिडीयालाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका शैक्षिक सल्लाहकार वसन्त अधिकारीले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढेमा मात्रै विश्वमा प्रतिस्पर्धी जनशक्ति निर्माण गर्न सकिने बताउनुभयो ।

    कार्यक्रममा कलेजका प्राध्यापकहरुको तर्फबाट सूर्यनारायण पौडेल, भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनाल, ग्लो साइन एकेडेमी माध्यमिक विद्यालयका प्रिन्सिपल टेकराज अधिकारी, नवल एकेडेमी कावासोतीका प्रिन्सिपल भीम कँडेल, सेन्ट्रल बोर्डिङ स्कुलका प्रिन्सिपल राजेश श्रवण, अक्सफोर्ड माविका शिक्षक कमल वाग्लेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कलेजका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका वरिष्ठ सल्लाहकार रामप्रसाद चाचल विशेष अतिथि रहनुभएको थियो ।

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.