• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

आर्थिक उपचार अभावमा रहेको विपन्नको सिएमसीले गर्यो नि:शुल्क उपचार


  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
  • चितवन । पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहनुभएका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो । स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उहाँको आर्थिक बाध्यता थियो ।

    Advertisement

    पत्थरीका कारण उहाँलाई दुःखाई बढ्दै गयो । आर्थिक अभाव र पीडामा छट्पटाइरहनुभएका उहाँको बाध्यता बुझेर चितवन मेडिकल कलेज शिक्षण अस्पतालले उहाँको निःशुल्क उपचार गरेको छ । गत असार २९ गते यहाँस्थित सरकारी भरतपुर अस्पताल परीक्षणपछि उहाँको शल्यक्रियाको पालो आगामी चैत १८ गतेका लागि तोकियो । पोखरेलले आर्थिक अभावका कारण उपचार पाउन नसक्दा पीडा भोग्नु परेको गुनासो नेपाल पत्रकार महासङ्घ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारीलाई जानकारी गराउनुभएको थियो । यसपछि सचिव अधिकारीले चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटालाई पोखरेलको समस्या बारेमा जानकारी दिनुभएको थियो ।

    गत वर्ष नै उहाँमा पित्तथैलीको पत्थरी समस्या देखिएको थियो । त्यतिखेर बीमा थिएन । शल्यक्रिया गर्न पैसा आवश्यक हुने भएपछि उहाँ बीमा गरेरमात्र शल्यक्रिया गर्ने भनी बस्नुभयो । बीमा गरेपछि पनि उहाँले सहजै सुविधा लिन पाउनु भएन ।

    अस्पतालका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले विपन्न नागरिकको सेवा गर्नु आफूहरुको दायित्व भएको भन्दै बिरामी पोखरेलले उपचार खर्च सबै चितवन मेडिकल कलेजले नै व्यहोरेको बताउनुभयो । उहाँका अनुसार पोखरेल आज निको भएर घर फर्किंदै हुनुहुन्छ । अस्पतालले यसअघि पनि विपन्न नागरिकको निःशुल्क उपचार गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    यही कात्तिक १३ गते चितवन मेडिकल कलेजमा उहाँको शल्यक्रिया भएको हो । शल्यक्रियापछि प्रतिक्रिया दिँदै पोखरेलले भन्नुभयो, “चैत कुरेको भए मेरो ज्यान खतरामा हुनेथियो ।”

    दैनिक तीन हजार हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने भरतपुर अस्पतालमा दुई तिहाइ जति बीमाका बिरामी हुन्छन् । शल्यक्रियाका लागि आउने बिरामीको पालो नौ महिनासम्म पछाडि पर्ने गरेको छ ।

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल दूरबिनबाट पित्तथैलीको शल्यक्रियाका लागि नौ महिनासम्म पालो कुर्नुपर्ने बाध्यता रहेको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा अस्पतालमा सरकारी दरबन्दीमा ‘सर्जन’ तीनजना दरबन्दी भए पनि छात्रवृत्ति करारका एकजना चिकित्सक मात्रै छन् । विकास समितिका नौजना चिकित्सक छन् । बिरामीको बढ्दो चापका कारण शल्यक्रिया गर्ने बिरामीले लामो समय पालो कुर्नु परेको उहाँले बताउनुभयो । रासस

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.