• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मंसिर ५ देखि जेसीज कप राष्ट्रिय महिला फुटबल हुँदै


  •   बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
  • चितवन – चितवनमा मंसिर ५ गतेदेखि जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । नारायणगढ लेडी जिसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

    Advertisement

    मसिर ५ देखि सुरु हुने प्रतियोगिता ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा देशभरका ८ टोली सहभागी हुने नारायणगढ लेडी जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा चितवन ११, अभिषेक चर्च रजहर, गैंडाकोट खेलकुद बिकास समिति, बागमती गाउँपालिका मकवानपुर, रौतहट महिला फुटबल एकेडेमी, गोकर्णेश्वर नगरपालिका काठमाडौं, अल स्टार्स स्पोर्टस एकेडेमी धनगढी र बागमती युवा क्लब सर्लाही सहभागी हुनेछन् ।

    प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल प्रहरी शिक्षालयको मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

    खेलकुदको माध्यमबाट महिला शशक्तिकरणका लागि प्रतियोगिता आयोजना गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष श्रेष्ठको भनाइ छ । यसले सुस्त रहेको घरेलु फुटबललाई चलायमान बनाउन मद्त मिल्ने उहाँको विश्वास छ ।

    २०७८ सालमा चितवनमा राष्ट्रिय महिला लिग भएयता महिला फुटबल प्रतियोगिता भएका छैनन् । शुन्य अवस्थामा रहेको महिला फुटबललाई गतिशिल बनाउन प्रतियोगिता आयोजना गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताउनुभयो । सहभागी क्लबहरुमा राष्ट्रियस्तरका खेलाडीहरु पनि रहनेछन् । महिला फुटबलको उर्भर भूमि रौतहट र धनगढीमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहनेछ ।

    बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.