• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

शिक्षासंँग रोजगारीलाई जोडदै अक्सफोर्ड : विद्यार्थीले जापानको कम्पनीमा रोजगारी पाउने


  •   बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
  • गैँडाकोट। नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड) कलेजले ले जापानको एक इन्जिनियरिङ कम्पनीसँग सम्झौता भएको छ । जापानको राजधानी टोकियोमा रहेको आईएमएसी इन्जिनियरिङ कम्पनीसँग अक्सफोर्डले इन्जिनियरिङ र कम्प्युटर विषयको चारबर्षे कोर्ष उर्तिण भएका विद्यार्थीहरुको लागि रोजगारी दिलाउने विषयमा सम्झौता गरेको हो । सहमतीपत्रमा आइएमएसीका जनरल म्यानेजर हिरोकजु र अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।

    Advertisement

    जापान भ्रमणमा रहनुभएका अक्सफोर्ड कजेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीका अनुसार बिसिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ विषय उतिर्ण भएका विद्यार्थीहरुलाई टोकीयोको आईएमएसी इन्जिनियरिङ कम्पनीमा आर्कषक तलव र सेवा सुविधा सहित रोजगारीको अवसर प्राप्त हुने प्राचार्य भण्डारीले जानकारी दिनुभयो । उहांँका अनुसार अक्सफोर्ड कलेज र सो इन्जिनियरिङ कम्पनीसँग भएको समझादारी पत्रअनुसार निःशुल्क रुपमा विद्यार्थीहरु जापान जान सक्नेछन् । ‘चारवर्षे कोर्ष पुरा गरि रोजगारीको पर्खाइमा रहेका विद्यार्थीहरुलाई कलेजले गरेको सम्झौताले खुसी तुल्याएको छ ।’ भण्डारीले भन्नुभयो ।

    रोजगारीको लागि जापान जान चाहने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्र सहित अक्सफोर्ड कलेजमा आवेदन दिनसक्ने प्राचार्य भण्डारीले बताउनुभयो । रोजगारीको लागि जापान जान चाहने विद्यार्थीहरुसँग आधारभूत जापनिज भाषाको ज्ञान भने हुनुपर्नेछ । कलेजसँगको सहमती अनुसार उक्त आईएमएसी इन्जिनियरिङ कम्पनीले भाषा सहजिकरणका लागि आफ्नै प्रतिनिधि समेत खटाउन सक्नेछ ।
    अक्सफोर्डसँग भएको सहमतीलाई कार्यान्वयनकै चरणमा लैजानको लागि आगामी महिना सो कम्पनीका प्रमुख तथा प्रतिनिधिहरु नेपाल आउने तयारी रहेको भण्डारीले जानकारी दिनुभयो ।

    कम्पनीसँग भएको सहमती अनुसार अक्सफोर्ड कलेजबाट उतिर्ण भएका विद्यार्थीहरुले दैनिक ८ घण्टाका दरले प्रति महिना २६ दिन काम गरेवापत रु २ लाख २० हजार रुपैँया न्यूनतम तलव प्राप्त बताईएको छ । इन्जिनियरिङ विषय सकेका नेपाली विद्यार्थीहरुले अध्ययन अनुसारको रोजगारीको अवसर प्राप्त गर्नसमेत मुश्किल परिरहेको बेला अक्सफोर्डको सम्झौताले बिद्यार्थीहरु खुशी भएका छन् ।

    अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ पढाई सञ्चालन गर्दै आएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ ।

    बिहिबार, कार्तिक २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.