• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मंसिर ६ गतेदेखि १६ सम्म नारायणी नदी किनारमा नारायणी महोत्सव


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • चितवन । नारायणी नदीकिनारमा भोलि बुधबारदेखि चितवन नारायणी महोत्सव सञ्चालन हुँदैछ ।
    रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा चितवन रिकभरी जनचेतना, साँस्कृतिक , पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० हुन लागेको हो ।महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

    Advertisement

    स्थानीय उत्पादनको प्रर्वद्धन गर्न र आर्थिक गतिविधि चलायमान बनाउने उद्धेश्य सहित महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ । मंसिर १६ गतेसम्म १० दिन हुने महोत्सवको लागु औषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष तथा कार्यक्रम संयोजक रविनकुमार श्रेष्ठले जानकारी दिए ।

    लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
    महोत्सवमा प्रतिव्यक्ति ७० रुपैंया र विद्यार्थीलाई ५० रुपैंया प्रवेश शुल्क तोकिएको र महोत्सव सम्पन्न गर्न ५७ लाख खर्च अनुमान गरिएको संयोजक श्रेष्ठले बताए ।

    घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवर्द्धन तथा बजारीकरण, स्थानीय स्रोत साधन तथा मौलिक परम्परा, स्थानीय स्तरको पहिचान, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण तथा प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाई छ ।

    महोत्सवले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने सह संयोजक पिंगलराज पन्तले बताए । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यहरुको जानकारी दिनका लागि महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिएको छ । महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् । ख्यातीप्राप्त कलाकारहरुले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।

    हरेक दिन पाँच हजार गरी ५० हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सव अवलोकनका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जेष्ठ नागरिक, विपन्न तथा पाँच वर्ष मुनीका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

    लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर महोत्सव गर्न लागिएको रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताए । महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहने उनले बताए । उनका अनुसार सबै स्टल बुकिङ भइसकेका छन् । महोत्सवमा दैनिक ५ जनाभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने उनले जानकारी दिए ।

    महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फेन्सीलगायतको स्टल रहने छन् भने निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागूऔषध दुव्र्यसनीविरूद्ध सचेतनामूलक कार्यक्रम र अन्तर्राष्ट्रियस्तरका बाल उद्यान रहने आयोजकले जानकारी दिएको छ ।

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.