• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेजमा ‘हल्ट प्राईज’ बिशेष कार्यक्रम : बिजेताले एक लाख डलर पाउने


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • नवलपुर । गैंडाकोटको अक्सफोर्ड कलेज अफ म्यानेजमेन्टले हल्ट प्राइजको लागि छनौट कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीहरुको नोबेल पुरस्कारको रुपमा रहेको हल्ट प्राइजमा भाग लिन कलेजबाट सहभागी हुने विद्यार्थी छनौट गर्न यो कार्यक्रमको आयोजना गरेको हो । आज आयोजित कार्यक्रममा सहभागी पाँचवटा समूहमध्ये कलेजको बिसिएमा अध्ययनरत विद्यार्थीको ‘मेटा अक्स’ समूह छनौट भएको छ । यस समूहले सेन्ट्रल एण्ड साउथ एसियामा सहभागिता जनाउन पाउनेछ ।

    Advertisement

    यस प्रतिस्पर्धाबाट विजेता हुने समूहले ग्लोबल प्रतिस्पर्धामा भाग लिन पाउने र त्यहाँबाट छनौट भएमा फाइनल प्रतिस्पर्धामा भाग लिन पाउने कलेजको हल्ट प्राइज कार्यक्रम निर्देशक एवं कार्यक्रमकी अध्यक्ष समृद्धि मरासिनीले जानकारी दिनुभयो । हल्ट प्राइजको अन्तर्राष्ट्रिय विजेताले एक लाख अमेरिकी डलर पुरस्कार पाउने उहाँले बताउनुभयो । हल्ट प्राइज कार्यक्रममा दिगो विकास सम्बन्धी विभिन्न १७ वटा विधामा विद्यार्थीहरुले आफ्नो व्यवसायिक प्रस्तावना बनाएर प्रस्तुत गर्नुपर्ने हुन्छ ।

    व्यवसायिक सँगै सामाजिकरुपमा समेत फाइदा पु¥याउने प्रस्तावनालाई हल्ट प्राइज प्रदान गरिँदै आएको छ । आज आयोजित कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनियर हरि भण्डारीले नेपालको अहिलेको समस्या भनेको भ्रष्टाचार र बौद्धिक पलायनता भएको बताउनुभयो । नेपालबाट विदेशीने युवाहरुको क्रमलाई रोक्न सकेमा देशको विकास हुने उहाँको भनाइ छ । हल्ट प्राइजमा छनौट हुने विद्यार्थीको समूहले आफ्नो व्यवसायिक प्रस्तावनासँगै स्थानीय विषयलाई समेत समावेश गर्न उहाँले सुझाव दिनुभयो ।

    अक्सफोर्ड कलेजले इलेक्ट्रिकल इन्जिनीयरिङ उत्तीर्ण गरेका विद्यार्थीलाई जापानमा इलेक्ट्रिकल इन्जिनीयरको रुपमा पठाउनका लागि कम्पनीका प्रतिनिधिबाटै भोलि सोमबार कलेजमा अन्तरवार्ता लिइने उहाँले बताउनुभयो । अन्तरवार्ताबाट छनौट भएका उम्मेदवार कम्पनीमा छ महिनासम्म इन्टर्न गर्नुपर्ने र त्यसपछि आईटी इन्जिनीयरको रुपमा नियुक्ति पाएर काम सुरु गर्ने भण्डारीले जानकारी दिनुभयो । अक्सफोर्ड कलेजले केही दिन अघि जापानको कम्पनीमा नेपालबाट इन्जिनीयर पठाउने विषयमा सम्झौता गरेर आएको भण्डारीले जानकारी दिनुभयो ।

    सो कार्यक्रममा कलेजका प्राध्यापक एवं मोटिभेसनल स्पिकर कृष्णहरि पौडेलले हल्ट प्राइजका लागि एउटै विषय दिने गरेकोमा हाल दिगो विकासका विषयमा १७ वटा विषय दिएको बताउनुभयो । प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीले भविष्यमा आफूलाई देख्न चाहेको स्थान पुग्नका लागि व्यवसायिक प्रस्तावना बनाएर त्यसको प्रस्तुतीकरण गर्नुपर्ने बताउनुभयो । काम र मेहनतले भन्दा पनि मानिसलाई नवीन सोच र विचारले सफल बनाउने उहाँको भनाइ छ ।

    कार्यक्रमको निर्णायकको रुपमा एडभान्स टेक इन्डष्ट्रि प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुनीलकुमार यादव, इको विल्डर्स नेपालका प्रोजेक्ट म्यानेजर इन्जिनीयर अणनाथ भण्डारी एवं चार्टर्ड एकाउन्ट महासंघ नेपाल बागमती प्रदेशका प्रमुख तथा युवा उद्यमी मञ्च चितवनका द्वितीय उपाध्यक्ष निशान पौडेल रहनुभएको थियो । समृद्धि मरासिनीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.