• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्मल हेभनमा सम्पन्न एथ्लेटिक्स मिटमा सिद्धिविनायक प्रथम


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • चितवन । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा जारी नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा सिद्धि विनायक प्रथम भएको छ ।

    Advertisement

    तीन दिनसम्म चलेको प्रतियोगितामा ६० अंक प्राप्त गर्दै सिद्धि विनायकले प्रथम स्थान हासिल गरेको हो । सिद्धि विनायकले ६ स्वर्णसहित कुल १० पदक जित्यो । सिद्धि विनायकका लागि पुरुष ३ किलो मिटर र १५ सय मिटर दौडमा सुनिल विक एक्लैले २ स्वर्ण जिते । ८ सय मिटरमा अभिषेक विक, महिला ८ सय मिटरमा आयुशा परियार र ट्रिपल जम्प पुरुषमा उज्ज्वल भुषालले स्वर्ण जितेका छन् । सिद्धिविनायकले चार गुणा चार रिलेमा पनि एक स्वर्ण हात पार्न सफल भयो । यस्तै सिद्धि विनायकले ३ रजत र एक कास्य पनि जितेको छ ।

    ४६ अंक प्राप्त गरेको स्मल हेभन दोस्रो भएको छ । स्मल हेभन दुई स्वर्णसहित १२ पदक जित्न सफल भयो । स्मल हेभनले चार गुणा सय रिले पुरुष र महिला बास्केट बलमा स्वर्ण हात पार्‍यो । यस्तै स्मल हेभनले थप चार रजत र ६ कास्य जित्यो ।

    ३९ अंक पाएको मिलन ईँग्लिस बोर्डिङ स्कुल तेस्रो भएको छ । मिलन स्कुलले ४ स्वर्ण, १ रजत र १ कास्य पदक जित्यो । उसका लागि सलिस्मा ढकाल एक्लैले ३ स्वर्ण जितेकी छन् । सलिस्माले महिला २ सय र ४ सय मिटर दौड तथा ट्रिपल जम्पमा गरी चार स्वर्ण जितिन् । यस्तै महिला १५ सय मिटरमा अमिशा पौडेलले पनि स्वर्ण पदक जितेकी छन् ।

    सिद्धि विनायकका सुनिल विक उत्कृष्ट पुरुष खेलाडी बन्दा मिलन स्कुलकी सलिश्मा ढकाल उत्कृष्ट महिला खेलाडी बनिन् । लिटल फ्लावरकी दिया गुरुङ उत्कृष्ट कबड्डी खेलाडी भईन् भने स्मल हेभनकी आहाना लामा उत्कृष्ट बास्केटबल खेलाडी घोषित भईन् । लिटल फ्लावर उत्कृष्ट मार्च पास स्कुल बन्दा स्काई राइडर अनुशासित स्कुल बन्यो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल, स्कुलका प्राचार्य रामचन्द्र न्यौपानेले पुरस्कार वितरण गरे । स्मल हेभनको आयोजनामा भएको प्रतियोगितामा ३८ विद्यालय सहभागी थिए ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.