• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सात नेपाली उद्योगका जुत्ता नारायणगढको विगबजारमा : सबै नेपाली ब्राण्डका जुत्ता एकै ठाउंँमा


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • चितवन । चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरुको नेपाली जुत्ता घर सञ्चालनमा आएको छ । नेपाली जुत्ताको प्रर्वद्धन र रोजगारीमा बृद्धि गर्ने उद्धेश्यसहित नारायणगढको विगबजारमा विग बजार नेपाली जुत्ता घर सञ्चालनमा ल्याईएको हो ।
    आज नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ताघरको औपचारिक रुपमा उद्धघाटन गर्नुभयो । उक्त विगबजार नेपाली जुत्ताघरमा ७वटा उद्योगका जुत्ता बिक्रीका लागि राखिएका छन ।

    Advertisement

    सो अवसरमा बोल्दै उवासंघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले स्वदेशी उत्पादनले आर्थिक गतिविधि चलायमान हुनुको साथै रोजगारीमा समेत बृद्धि हुने बताउनु भयो । नेपाली जुत्ता उद्योगीहरुले गुणस्तर बृद्धि गरी विदेश समेत निर्यात गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । चालु पूंँजी कर्जा निर्देशिकाले उद्योगी व्यवसायीलाई समस्यामा परेको बताउंँदै उहांँले राज्यले खुल्ला अर्थनीतिलाई प्राथमिकतामा राखेर अबलम्बन गर्नुपर्ने बताउनु भयो ।
    चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ता चप्पलमा गरिएको देशभरीको शाखा विस्तार अन्य क्षेत्रमा पनि गरिनुपर्नेमा उहांँले जोेड दिनुभयो । नेपाली उत्पादनले गुणस्तरीयमा प्रतिस्पर्धा गरिनुपर्ने बताउंँदै उनले नेपाली उत्पादनलाई सबैले प्रर्वद्धन गर्नुपर्ने बताउनु भयो ।
    सो अवसरमा बोल्दै फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनको प्रर्वद्धन र विदेशबाट आयातित जुत्तालाई निरुत्साहित गर्ने उद्धेश्यले चितवनमा शाखा विस्तार गरिएको बताउनु भयो । ‘हामी उद्योगीले उत्पादन अलग अलग गर्ने भएपनि , बिक्री एकै ठाउंँमा गर्दै आएका छौं, उहांँले भन्नुभयो, यो प्रतिस्पर्धा स्थानीय व्यवसायीसंँग होइन हामी आफैंसंँग हो । ’

    उक्त समुहले हाल ७ वटा उद्योगका जुत्ताहरु बिक्रीमा ल्याएको छ । उक्त समुहले पहिलो शोरुम बैशाख देखि बुटवलमा, दोस्रो शोरुम पोखरामा , तेस्रो शोरुम जनकपुरमा , चौथो काठमाडौंको न्यूरोडमा , पांँचौ ललितपुरको सातदोबाटोमा र छैंटौं शोरुम नारायणगढमा सञ्चालनमा ल्याएको हो । अध्यक्ष घिमिरेले देशैभरी बिक्री कक्ष सञ्चालन गर्ने उद्धेश्यसहित शाखा विस्तार गर्दै लगिएको बताउनु भयो । ‘यो बिक्री कक्षमा एउटै छानामुनि ग्राहकले यी सबै ब्राण्डका जुत्ता पनि पाउंँछन , उहांँले भन्नुभयो, यसबाट थप जुत्ताको बजारीकरण हुनुका साथै रोजगारीमा पनि बृद्धि हुन्छ ।’

    छिट्टैनै बिर्तामोड,ईटहरी, विराटनगर, भैरहवा र कपिलवस्तुमा बिक्री कक्ष विस्तार गर्न लागिएको उनले बताउनु भयो । हाल उक्त समुहले फास्ट वाक, डिजे शु, बिएफ डियर हिल शु, क्रसरोड शु, स्मार्ट शु का १५ भन्दा बढी ब्राण्ड र तीनहजार भन्दा बढी मोडलका जुत्ता चप्पल उत्पादन गरिएको जानकारी दिएको छ । कम्पनीले हाल एकहजार पांँचसय बराबरको जुत्ता खरीदमा चप्पल उपहारको अफर समेत राखेको छ ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.