• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

  • ५. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

सात नेपाली उद्योगका जुत्ता नारायणगढको विगबजारमा : सबै नेपाली ब्राण्डका जुत्ता एकै ठाउंँमा


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • चितवन । चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरुको नेपाली जुत्ता घर सञ्चालनमा आएको छ । नेपाली जुत्ताको प्रर्वद्धन र रोजगारीमा बृद्धि गर्ने उद्धेश्यसहित नारायणगढको विगबजारमा विग बजार नेपाली जुत्ता घर सञ्चालनमा ल्याईएको हो ।
    आज नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ताघरको औपचारिक रुपमा उद्धघाटन गर्नुभयो । उक्त विगबजार नेपाली जुत्ताघरमा ७वटा उद्योगका जुत्ता बिक्रीका लागि राखिएका छन ।

    Advertisement

    सो अवसरमा बोल्दै उवासंघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले स्वदेशी उत्पादनले आर्थिक गतिविधि चलायमान हुनुको साथै रोजगारीमा समेत बृद्धि हुने बताउनु भयो । नेपाली जुत्ता उद्योगीहरुले गुणस्तर बृद्धि गरी विदेश समेत निर्यात गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । चालु पूंँजी कर्जा निर्देशिकाले उद्योगी व्यवसायीलाई समस्यामा परेको बताउंँदै उहांँले राज्यले खुल्ला अर्थनीतिलाई प्राथमिकतामा राखेर अबलम्बन गर्नुपर्ने बताउनु भयो ।
    चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ता चप्पलमा गरिएको देशभरीको शाखा विस्तार अन्य क्षेत्रमा पनि गरिनुपर्नेमा उहांँले जोेड दिनुभयो । नेपाली उत्पादनले गुणस्तरीयमा प्रतिस्पर्धा गरिनुपर्ने बताउंँदै उनले नेपाली उत्पादनलाई सबैले प्रर्वद्धन गर्नुपर्ने बताउनु भयो ।
    सो अवसरमा बोल्दै फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनको प्रर्वद्धन र विदेशबाट आयातित जुत्तालाई निरुत्साहित गर्ने उद्धेश्यले चितवनमा शाखा विस्तार गरिएको बताउनु भयो । ‘हामी उद्योगीले उत्पादन अलग अलग गर्ने भएपनि , बिक्री एकै ठाउंँमा गर्दै आएका छौं, उहांँले भन्नुभयो, यो प्रतिस्पर्धा स्थानीय व्यवसायीसंँग होइन हामी आफैंसंँग हो । ’

    उक्त समुहले हाल ७ वटा उद्योगका जुत्ताहरु बिक्रीमा ल्याएको छ । उक्त समुहले पहिलो शोरुम बैशाख देखि बुटवलमा, दोस्रो शोरुम पोखरामा , तेस्रो शोरुम जनकपुरमा , चौथो काठमाडौंको न्यूरोडमा , पांँचौ ललितपुरको सातदोबाटोमा र छैंटौं शोरुम नारायणगढमा सञ्चालनमा ल्याएको हो । अध्यक्ष घिमिरेले देशैभरी बिक्री कक्ष सञ्चालन गर्ने उद्धेश्यसहित शाखा विस्तार गर्दै लगिएको बताउनु भयो । ‘यो बिक्री कक्षमा एउटै छानामुनि ग्राहकले यी सबै ब्राण्डका जुत्ता पनि पाउंँछन , उहांँले भन्नुभयो, यसबाट थप जुत्ताको बजारीकरण हुनुका साथै रोजगारीमा पनि बृद्धि हुन्छ ।’

    छिट्टैनै बिर्तामोड,ईटहरी, विराटनगर, भैरहवा र कपिलवस्तुमा बिक्री कक्ष विस्तार गर्न लागिएको उनले बताउनु भयो । हाल उक्त समुहले फास्ट वाक, डिजे शु, बिएफ डियर हिल शु, क्रसरोड शु, स्मार्ट शु का १५ भन्दा बढी ब्राण्ड र तीनहजार भन्दा बढी मोडलका जुत्ता चप्पल उत्पादन गरिएको जानकारी दिएको छ । कम्पनीले हाल एकहजार पांँचसय बराबरको जुत्ता खरीदमा चप्पल उपहारको अफर समेत राखेको छ ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ५.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.