• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नवलपुरको देवचुली माविलाई आठ विकेटले हराउँदै अक्सफोर्डले प्रतियोगिताको उपाधि जित्यो


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘अन्तर कलेज टि–२० क्रिकेट’ प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेज जितेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा नवलपुरको देवचुली माविलाई आठ विकेटले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।

    Advertisement

    टस जितेर पहिले ब्याटिङ रोजेको देवचुली माविले निर्धारित खेलमा १६ दशमलव दुई ओभर खेल्दै सबै विकेटको क्षतिमा ११० रन बनाएको थियो । १११ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अक्सफोर्ड कलेजले १४ दशमलब एक ओभर खेल्दै दुई विकेटको क्षतिमा ११३ रन बनाएर उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

    अक्सफोर्डको जितका लागि ब्याटर सुवास दवाडीले ३८ बलमा छ छक्का र तीन चौकासहित अविजित ५५ रनको योगदान दिए । त्यस्तै, प्रवेश भण्डारीले २७ बलमा तीन रन, प्रविण ढकालले आठ बलमा १२ रन तथा पवन सापकोटाले नौ बलमा अविजीत छ रनको योगफल तयार पारे ।
     
    बलिङतर्फ देवचुली माविका सुदीप अर्यालले चार ओभरमा २८ रन खर्चिदै एक विकेट तथा दिवस पौडेलले दुई ओभरमा १२ रन खर्चिदै एक विकेट लिए । प्रतियोगितामा देवचुली माविका ब्याटर विमल लुइँटेलले ३० बलमा ३४ रन, सुदीप अर्यालले १० बलमा १९ रन र शिव चापागाईंले नौ बलमा १३ रनको योगफल तयार पारे ।

    प्रतियोगितामा देवचुली माविका अन्य ब्याटरले दोहोरो अङ्क जोड्न नसक्दा उसले हार बेहोर्न पर्‍यो । बलिङतर्फ अक्सफोर्ड कलेजका सिजल श्रेष्ठले चार ओभरमा १८ रन खर्चिदै पाँच विकेट, दीपेन्द्र आचार्यले तीन दशमलव दुई ओभरमा १४ रन खर्चिदै तीन विकेट लिन सफल भए । रासस

    प्रतियोगिताको विजेता अक्सफोर्ड कलेजले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता देवचुली माविले नगद रु २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा अक्सफोर्ड कलेजमा सिजल श्रेष्ठलाई म्यान अफ द म्याच, प्रवेश भण्डारीलाई बेष्ट ब्याटर, दीपेन्द्र आचार्यलाई बेष्ट बलर र सुवासचन्द्र दवाडीलाई म्यान अफ दी सिरिजबाट सम्मान गरियो ।

    प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी तथा विशिष्ट अतिथि अक्सफोर्ड कलेजका प्राचार्य प्राध्यापक इञ्जिनियर हरि भण्डारीले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा विजेता र उपविजेता हुने दुवै समूहका ४० जनाको लागि आई एम ई समूहको लगानीमा निर्माण गरिएको मौलाकालिका केवलकार प्रालिले निःशुल्क केबलकारको टिकट उपलब्ध गराएको थियो ।

    गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले खेलले देशलाई चिनाउने भन्दै आगामी दिनमा यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने बताउनुभयो । उहाँले नगरमा खेलकुदको विकासका लागि आफूले पहल गरिरहेको बताउनुभयो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनका ३४ वटा शैक्षिक संस्थाको सहभागिता थियो । रासस

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.