• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

नवलपुरको देवचुली माविलाई आठ विकेटले हराउँदै अक्सफोर्डले प्रतियोगिताको उपाधि जित्यो


  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘अन्तर कलेज टि–२० क्रिकेट’ प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेज जितेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा नवलपुरको देवचुली माविलाई आठ विकेटले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।

    Advertisement

    टस जितेर पहिले ब्याटिङ रोजेको देवचुली माविले निर्धारित खेलमा १६ दशमलव दुई ओभर खेल्दै सबै विकेटको क्षतिमा ११० रन बनाएको थियो । १११ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अक्सफोर्ड कलेजले १४ दशमलब एक ओभर खेल्दै दुई विकेटको क्षतिमा ११३ रन बनाएर उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

    अक्सफोर्डको जितका लागि ब्याटर सुवास दवाडीले ३८ बलमा छ छक्का र तीन चौकासहित अविजित ५५ रनको योगदान दिए । त्यस्तै, प्रवेश भण्डारीले २७ बलमा तीन रन, प्रविण ढकालले आठ बलमा १२ रन तथा पवन सापकोटाले नौ बलमा अविजीत छ रनको योगफल तयार पारे ।
     
    बलिङतर्फ देवचुली माविका सुदीप अर्यालले चार ओभरमा २८ रन खर्चिदै एक विकेट तथा दिवस पौडेलले दुई ओभरमा १२ रन खर्चिदै एक विकेट लिए । प्रतियोगितामा देवचुली माविका ब्याटर विमल लुइँटेलले ३० बलमा ३४ रन, सुदीप अर्यालले १० बलमा १९ रन र शिव चापागाईंले नौ बलमा १३ रनको योगफल तयार पारे ।

    प्रतियोगितामा देवचुली माविका अन्य ब्याटरले दोहोरो अङ्क जोड्न नसक्दा उसले हार बेहोर्न पर्‍यो । बलिङतर्फ अक्सफोर्ड कलेजका सिजल श्रेष्ठले चार ओभरमा १८ रन खर्चिदै पाँच विकेट, दीपेन्द्र आचार्यले तीन दशमलव दुई ओभरमा १४ रन खर्चिदै तीन विकेट लिन सफल भए । रासस

    प्रतियोगिताको विजेता अक्सफोर्ड कलेजले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता देवचुली माविले नगद रु २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा अक्सफोर्ड कलेजमा सिजल श्रेष्ठलाई म्यान अफ द म्याच, प्रवेश भण्डारीलाई बेष्ट ब्याटर, दीपेन्द्र आचार्यलाई बेष्ट बलर र सुवासचन्द्र दवाडीलाई म्यान अफ दी सिरिजबाट सम्मान गरियो ।

    प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी तथा विशिष्ट अतिथि अक्सफोर्ड कलेजका प्राचार्य प्राध्यापक इञ्जिनियर हरि भण्डारीले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा विजेता र उपविजेता हुने दुवै समूहका ४० जनाको लागि आई एम ई समूहको लगानीमा निर्माण गरिएको मौलाकालिका केवलकार प्रालिले निःशुल्क केबलकारको टिकट उपलब्ध गराएको थियो ।

    गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले खेलले देशलाई चिनाउने भन्दै आगामी दिनमा यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने बताउनुभयो । उहाँले नगरमा खेलकुदको विकासका लागि आफूले पहल गरिरहेको बताउनुभयो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनका ३४ वटा शैक्षिक संस्थाको सहभागिता थियो । रासस

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.