• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

नारायणगढको क्याम्पाचौरमा रैथाने फुड फेष्टिबल गर्दै होटल व्यवसायी संघ चितवन


  •   बिहिबार, पुष १२, २०८० मा प्रकाशित
  • चितवन । नारायणगढको क्याम्पाचौरमा रैथाने फेष्टिबल हुने भएको छ । रैथाने खानाको प्रर्वद्धन गर्ने र चितवनको आर्थिक गतिविधि चलायमान गर्ने उद्धेश्यसहित फुड फेष्टिबल हुने भएको हो । पुष १४ देखि सञ्चालन हुने महोत्सबको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था होटल व्यवसायी चितवनले आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    Advertisement

    अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल हुन लागेको हो । फुड फेस्टिबलमा रैथाने कोदो, गुन्द्रुक, फापर, थारु खाना, नेवारी खाना,थकाली खाना, चितवनको तास लगायतका परिकार गरी साना ठुला गरी ३९ वटा स्टल रहनेछन् । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछ फेष्टिबल संयोजक जनक पौडेलले जानकारी दिए ।

    उनका अनुसार साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको छ । महोत्सवमा पांँच करोड भन्दा बढीको कारोबार हुने र ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक पौडेलको भनाई छ ।
    फुड फेस्टिबलमा रैथाने खानेकुरालाई प्राथमिकता दिनुका साथैे विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुने संघका अध्यक्ष लोकनाथ भट्टले जानकारी दिए । दर्शकलाई थप आकर्षण गर्न नेपाली कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्न सांगितिक कार्यक्रम राखिएको छ ।

    भट्टका अनुसार फुड फेस्टिबलमा पशुपती शर्मा, प्रिती आले, अनु चौधरी, हास्य कलाकार सुवोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापती पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरु लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पुष १५ र १६ गते प्रति व्यक्ति ३०० को टिकट शुल्क राखिएको छ ।

    शिथिल रहेको आर्थिक गतिविधि र पर्यटनलाई उकास्ने उद्धेश्यसहित फुड फेष्टिबलको आयोजना गरिएको आयोजकको जानकारी दिएको छ ।

    फुड फेस्टिबलको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि रहेको छ भने हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिर्सोट रहेका छन् । वल्र्डलिंक कम्युनिकेशनले फुड फेस्टिबलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

    बिहिबार, पुष १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.