• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सुमन श्रेष्ठको नेतृत्वको समुहको प्रतिबद्धता : व्यवसाय विकास सेवा केन्द्र देखि औद्योगिक क्षेत्र स्थापना सम्म


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • चितवन । आसन्न उद्योग वाणिज्य संघको अधिवेशनको लागि उम्मेद्वारले चुनावी गतिविधि तीब्र पारेका छन । संघका हालका बरिस्ठ उपाध्यक्ष सुमन श्रेष्ठले प्यानलसहित अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन् । आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गरेका हुन् ।
    पुष २१ देखि २३ गते सम्म हुन गईरहेको संघको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनको निर्वाचनबाट आगामी कार्यकालको लागि श्रेष्ठले ५ जनाको प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

    Advertisement

    उनको नेतृत्वको समुहमा वरिष्ठ उपाध्यक्षमा र चिरन्जिवी सुवेदी, (वाणिज्य तर्फ) उपाध्यक्षको पदमा राजेन्द्र ओली, (बस्तुगत तर्फ) उपाध्यक्षको पदमा नारायण प्रधान र (उद्योग तर्फ) उपाध्यक्षको पदमा अशोक अधिकारी रहेका छन् । उम्मेद्वारी घोषणा क्रममा उद्योगतर्फको उपाध्यक्ष पदमा थीर प्रसाद धितालले अधिकारीलाई समर्थन गरेपछि उमेद्वारी अधिकारी सर्वसम्मत चयन भएका छन ।

    पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले आफ्ना समुहहरुका उम्मेद्वार उद्योग बाणिज्य संघ चितवनमा लामो समयदेखी आबद्द भई अनुभव बटुलेकोले आफ्नो समुहलाई जिताउन आग्रह गरे । आफु वरिष्ठ उपाध्यक्षमा रहंँदा पनि उद्यमी व्यवसायीको हक, हितको संरक्षण, लागि आफुहरुले निरन्तर लागि परेको भन्दै आगामी दिनमा पनि व्यवसायीको समस्या, दुःख सुखमा साथ दिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।संघको नेतृत्वका लागि अध्यक्ष पदमा अर्का उपाध्यक्ष सिरिष पन्तले पनि उम्मेद्वारी दिएका छन । संघको निर्वाचनमा ३ हजार को हाराहारीमा मतदाता छन ।

    यस्ता छन् श्रेष्ठसमुहको चुनावी प्रतिबद्द्ता

    (१) उद्यमी व्यवसायीमा देखिएको चरम निराशालाई आशामा परिणत गर्न प्रयत्न गर्ने ।
    (२) उद्यमी व्यवसायीको साना देखि नीतिगत समस्यालाई सम्बोधन गर्न पहल गर्ने ।
    (३) व्यवसाय कर, घरवहाल कर, विज्ञापन करलगायत कर, राजश्व तथा अन्तःशुल्क सम्बन्धी
    समस्या समाधानको लागि पहल गर्ने ।
    (४) बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिंदा गरेको सम्झौता बमोजिमनै ब्याजदर अन्तिम सम्म कायम गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
    (५) व्यवसाय दर्ता, नवीकरण जस्ता कार्य संघबाट सहजीकरण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने ।
    (६) संघमा चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने ।
    (७) आन्तरिक राजश्व कार्यालयको सहयोगमा आन्तरिक राजश्व कार्यालय परिसरमा संघको
    कर तथा राजश्व परापर्श केन्द्र स्थापना गरी सदस्य व्यवसायीलाई निःशुल्क सेवा प्रदान
    गर्ने ।
    (८) चितवन जिल्लाको पूर्वी र पश्चिम क्षेत्रबाट आउने सार्वजनीक सवारी साधनलाई
    नारायणगढ बजारसम्म ल्याउन पहल गरी सबै क्षेत्रमा चढ्ने ओर्लने व्यवस्था गर्ने ।
    (९) चितवनको समग्र विकासको लागि वृहत आर्थिक वहस कार्यक्रमको आयोजना गर्ने ।
    (१०) वर्तमान आर्थिक मन्दीलाई सम्बोधन गर्नको लागि सरकार र नीजी क्षेत्र संलग्न उच्चस्तरीय संयन्त्र निर्माणको लागि उवामहासंघ मार्फत आवश्यक पहलकदमी गर्ने ।
    (११) संघमा आवद्ध सदस्यको व्यवसायको बीमा गर्ने व्यवस्थाका लागि पहलकदमी गर्ने ।
    (१२) कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनसंग सम्बन्धित ४ वटा राष्ट्रियस्तरका सम्मेलनको आयोजना गर्ने ।
    १३) स्थायी प्रदर्शनी केन्द्रको स्थापना गरी नियमित रूपमा फरकफरक व्यवसायीका फरकफरक उत्पादन प्रवर्द्धन गरिने ।
    १४) विकासका पूर्वाधार समयमानै निर्माण सम्पन्न गर्न पहल गर्ने ।
    (१५) एक्जिम कोड दर्ता नवीकरण कार्यालय, नापतौल कार्यालय चितवनमा स्थापना गर्न पहल
    (१६) स्थानीय, प्रदेश र संघीय सरकारसंगको सम्बन्ध र समन्वयमा विस्तार गर्ने ।
    (१७) अन्तर्राष्ट्रिय उवासंघहरूसंग भगिनी सम्बन्ध कायम गरी चितवनको प्रवर्द्धन गर्ने ।
    १८) नारायणगढलाई प्रवर्द्धन गर्न चितवनको प्रवेशस्थलमा नारायणगढको आकृति सहित
    गर्ने ।१९) संघको संस्थागत र सचिवालय सुदृढीकरण गर्ने ।
    (२०) संघको विधान समयानुकूल संशोधन गरी संघलाई जिल्लास्तरीय संघको रूपमा स्थापित गर्दै काम गर्दै संघप्रति सबैको अपनत्व बढाउन पहल गर्ने ।
    २१) मेला महोत्सवलाई व्यवस्थित गर्ने
    २२) सदस्यको मागमा आधारित कार्यक्रम आयोजना गर्ने ।
    २४) संघमा वस्तुगत संघहरूको प्रतिनिधित्व बृद्धि गर्ने ।
    २३) संघमा आवद्ध वस्तुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्ने ।
    (२५) चितवनको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने मेला महोत्सवमा उद्योगी व्यवसायीहरूलाई सहभागी गराउन नेपाल उद्योग वाणिज्य
    महासंघलगायत संस्थाहरूसँग पहल गर्ने ।
    २६) सम्बन्धित निकायबाट हुने अनुगमनका कार्यहरूमा संघको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने
    २७) चितवनमा औद्योगिक क्षेत्र र अटोल्याण्ड स्थापनाको लागि पहल गर्ने ।
    २८) सफलता प्राप्त “एक गाउँ एक उत्पादन” कार्यक्रम पुनः सञ्चालन गर्ने नेपाल उद्योग
    वाणिज्य महासंघसँग पहल गर्ने ।
    २९) संघमा ७ वटै स्थानीय तहका उत्पादन तथा सेवाको प्रदर्शनी कक्ष स्थापना गर्ने ।
    संघको सिफारिसमा मात्र गर्ने व्यवस्थाको लागि पहल गर्ने।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.