• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

विपन्न विद्यार्थीलाई स्पन्दन नेपालको न्यानो कपडा र शैक्षिक सामाग्री


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • चितवन । भरतपुरका महिलाहरुले स्थापना गरेको संस्था स्पन्दन नेपालले जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने लोतंतीमा रहेको श्री आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । तीन कक्षासम्म पढाइ हुने लोतंतीको श्री आधारभूत विद्यालयका ५७ जना विद्यार्थीलाई स्पन्दनले आईतबार न्यानो कपडा ,हुडी र सुरुवाल सेट तथा कापी, सिसाकलम, इरेजर लगायतका सामान वितरण गरेको हो ।

    Advertisement

    स्पन्दनले आठ वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा र स्टेशनरी दिँदै आएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि तथा कालिका–१० का वडाध्यक्ष महेन्द्र प्रजाले यस्ता सहयोगी संस्थाहरुको साथ पाए चेपाङ गाउँ र चेपाङ समुदायको विकास हुन समय नलाग्ने बताए । उनले भने “हामी जस्तो आर्थिक रुपमा विपन्न चेपाङहरु पनि खान र लाउन पाए परिवर्तन हुने रहेछौँ नि । चेपाङ गाउँको शैक्षिक क्षेत्रमा यसैगरी सहयोगी हातहरु फैलियो भने चेपाङहरु पनि आफ्नो गुणस्तरीय जीवन जिउन सक्षम हुनेछन् ।“

    स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले आर्थिक रुपले विपन्न परिवारका बालबालिकासंँग खुशी साट्न पाएकोमा आफू अत्यन्त खुशी भएको बताइन् । “आज हामी यस्तो ठाउँमा आएर सहयोग गर्न पायौँ जहाँ बालबालिका भन्दा पनि स्पन्दन नेपाल खुशी छ । यो हाम्रो पनि खुशी हो । यहाँको कारुणिक दृश्यले साँच्चै सहयोगको आवश्यकता रहेको महसुस भयो ।“ उनले भनिन् । महिलाहरुले आफ्नो व्यक्तिगत खर्च र भान्सामा मितव्ययिता अपनाएर बचत गरेको रकमले सहयोग गरेको खनालले बताईन ।
    सबैको साथ पाएमा थप सहयोग गर्न आफुहरु तयार रहेको उनको भनाई थियो । ‘पहिलो चरणमा न्यानो कपडा र स्टेशनरीका सामान वितरण गरेको छ। अब छिट्टैनै बालबालिकाका् लागि जुत्ता लिएर आउने योजना रहेको खनालले बताईन ।

    स्पन्दन नेपालका शुभेच्छुक तथा समाजसेवी हिरामणी अधिकारीले कालिका नगरपालिकाको विकट गाउँमा सहयोग लिएर आएकोमा स्पन्दन नेपालको प्रशंसा गरे । उनले भने “प्रार्थना गर्ने ओठ भन्दा सेवागर्ने हातहरु नै उत्तम हुन्छन् ।“ अधिकारीले सहयोग गर्दा विकट गाउँको लक्षित वर्गलाई लक्षित गरेकोमा आफू खुशी रहेको बताए । उनले उदाहरण दिँदै भने “भारतका मोदी, अम्बानी, नेपालका डा. बाबुराम भट्टराई जस्ता होनहार र दूरदर्शी व्यक्तीहरु यस्तै विकट र अप्ठ्याराबाट उदाएका हुन् । त्यसैले यस क्षेत्रका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दछु ।“

    विद्यालयका प्रधानाध्यापक भिमबहादुर तामाङले यस किसिमको सहयोगले चेपाङ समुदायको उत्थानमा ठूलो भूमिका रहने बताए । तामाङले भने “जाडोले गर्दा विद्यार्थीहरु स्कुल आउनै नसक्ने अवस्था थियो । अब त विद्यार्थीहरु नियमित आउँछन् ।“ सहरी र सुविधायुक्त ठाउँभन्दा निकै पर रहेको लोतंतीमा आएको यो सहयोग निकै महत्वपूर्ण भएको प्रधानाध्यापक तामाङले बताए । उनले विद्यालयमा थप शिक्षकहरुको पनि आवश्यकता रहेको औंंल्याएका थिए ।

    यस श्री आधारभूत विद्यालयमा जम्मा दुई जना शिक्षक र एकजना सहयोगी सहजकर्ता छन् । त्यसमा पनि प्रधानाध्यापक तामाङ मात्रै प्रावि स्थायी शिक्षक हुन् । अर्की शिक्षिका सुस्मा गुरुङ राहत अस्थायी हुन् । विद्यालयमा शिशु कक्षा मा २४ जना, एक कक्षामा ११ जना, दुईमा ११ जना र कक्षा तीनमा १४ जना गरी ६० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
    स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्पन्दन नेपालका कार्यसमिति सदस्यहरु, कालिका–१० का वडाध्यक्ष, विद्यार्थी, अभिभावक शिक्षकशिक्षिका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्पन्दन नेपालकी सचिव बिमला दहालले गरेकी थिइन् ।

    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.