• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

राष्ट्रिय माध्यमिक विद्यालय,कृष्णपुरले भव्य रुपमा स्वर्णमहोत्सव मनाउंँदै


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्णमहोत्सव भव्य रुपले मनाउँने भएको छ । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउन लागेको हो । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउन लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
    पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्णमहोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्रमणी काफ्लेले स्वर्णमहोत्सवबाट एक करोड १० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए । त्यसमध्ये ८५ लाख रूपैयाँ विद्यार्थी सहयोग कोषमा राखिने उनले बताए ।
    स्वर्णमहोत्सव अन्तर्गत माघ २४ गते मोटरसाइकल ¥यालीको आयोजना गरिने छ । त्यस्तै माघ २५ गते शोभायात्रा, आर्थिक सहयोग स्वघोषणा कार्यक्रम र महोत्सवको उद्घाटन कार्यक्रम गरिने छ । माघ २६ गतेदेखि फागुन १ गतेसम्म आर्थिक सहयोग स्वघोषणा, सम्मान कार्यक्रम, लोकसांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्तुति लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।
    फागुन २ गते स्वर्णमहोत्सव समारोहका औपचारिक कार्यक्रम, प्रधानाध्यापकको प्रतिवेदन, सम्मान कार्यक्रम, जलपान र महोत्सव समापन हुने काफ्लेले बताए । कृष्णपुर मावि २०२३ साल फागुन २ गते श्रीपञ्चमीका दिन स्थापना भएको हो । भरतपुर–७ का वडाध्यक्षसमेत रहेका काफ्लेले भरतपुर–७ का जनप्रतिनिधिको तर्फबाट विद्यालयलाई १० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरे ।

    Advertisement

    कोरोना महामारी, विद्यालयको भौतिक संरचनालगायत विविध कारणले गर्दा स्वर्णमहोत्सव केही पछाडि धकेलिएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद न्यौपानेले बताए । विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै लगेकाले विद्यार्थीको संख्यासमेत बढ्दै गएको उनले बताए । कृष्णपुर माविमा हाल ४६५ जना विद्यार्थी अध्ययनरत छन् ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.