• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

१८औँ संस्करणको खाना महोत्सव माघ २८ देखि सौराहामा


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ गतेसम्म १८औँ संस्करणको महोत्सव हुन लागेको हो ।

    Advertisement

    आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वस गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । महोत्सवमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । उहाँले कार्यक्रम सम्पन्न गर्नका लागि रु ६० लाख अनुमानित खर्च लाग्ने बताउनुभयो । कार्यक्रम अवधिभर अनुमानित रु तीन करोडसम्म कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरेको जनाइएको छ ।

    कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउनेगरी महोत्सवका गतिविधिलाई अगाडि बढाइएको जानकारी दिनुभयो । विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

    पाँच दिनसम्म चल्ने महोत्सवमा बहुजातजातिहरूको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्याण्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेसबीच प्रतियोगिता हुने भएको छ । साथै प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    आर्थिक वर्ष २०७९÷०८० मा करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा करिब एक लाख ५० हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको रेवान सौराहाले जनाएको छ । रासस

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.