• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

न्यून आय भएका समुदायलाई लक्षित गर्दै सौराहामा कफी बनाउने तालिम


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • चितवन । चितवनको सौराहामा जंगलमा आश्रित तथा न्यून आय भएका समुदायलाई कफी बनाउने तालिम दिईएको छ ।
    मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौली र सपना भिलेज सोसियल इम्प्याक्टले सयुक्त रुपमा आयोजना गरेको ४५ दिने तालिममा वारिस्ता, हस्पिटालिटी र कफी मेसिन मर्मत तालिम दिएको हो। ५० जना सहभागिता रहेको तालिममा सहभागी मध्ये प्रिती चौधरी, निसु तामाङ, राष्टी कर्मचार्य, विधान चौधरी, सुमितराज पौडेल, स्वेच्छा भूषालले सौराहाका होटल तथा रेष्टुरेन्टमा जागिर पाएको सपना कफी एण्ड बारिस्ता स्कुलका अध्यक्ष लोकनाथ शर्माले जानकारी दिए । यस्तै सीप सिक्दासिन्दै राजेन्द्र सापकोटा र उमेश भट्टराईले सौराहामा व्यवसाय सुरु गरेका छन ।

    Advertisement

    उक्त सीप मुलक तालिम बुधबार सकिएको छ । तालिममा सहभागी मध्ये उत्कृष्टताको आधारमा सुदिप रिमाल प्रथम, गिरिराज पौडेल द्धितीय र स्वेच्छा भूषाल तृतीय, कफीको उत्कृष्ट डिजाइनरको रुपमा एलिसा थपलिया र उत्कृष्ट कार्यसम्पादनको रुपमा स्वेच्छा भूषाल पुरस्कृत भएका छन ।
    समापन कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना, चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन, मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका ।

    अध्यक्ष ढुंगानाले रोजगारी, आयआर्जन र संरक्षणलाई संगसंगै अगाडि बढाउने मध्यवर्तीको अवधारणा रहेको बताए । उनले यस्ता तालिमले वनजंगल संरक्षण हुनुका साथै उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार सिर्जना हुने उनको भनाई थियो ।
    संरक्षणलाई प्रभावकारी बनाउन आयआर्जनलाई उत्तीकै महत्व दिनुपर्नेमा उनले जोड दिए । प्रमुख संरक्षण अधिकृत पुर्जापुनले वन तथा वन्यजन्तुको संरक्षणलाई थप मजबुत बनाउन मध्यवर्तीका युवाहरुको लगाव आवश्यक रहेको बताए । तालिमबाट प्राप्त उपलब्धीलाई रोजगारी प्राप्त भई गरिबी त्यस्ता समुदायको गरिबी न्यूनीकरणमा मदत पुग्ने बताए ।
    सपना भिलेजका अध्यक्ष गिरीले स्थानीय सरकार र अन्यसंघसंस्थाहरुसंग सहकार्य गरी सपना भिलेजले रोजगारी र्सिजना गर्ने विभिन्न सीपमुलक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए । आगामी दिनमा पनि स्वरोजगार सिर्जना गर्ने कार्यक्रममा संस्थाले सबैसंँग हातेमालो गर्दै जाने गिरीको भनाई थियो ।

    मृगकुञ्जका अध्यक्ष घिमिरेले कृषि,संस्कृति र पर्यटनको माध्यमबाट रोजगारी र आयआर्जन र्सिजना गर्ने गरी कार्यक्रम अगाडि बढाइएको बताए । जीविकोपार्जनको बैकल्पिक आधार तयार नगरी संरक्षणलाई प्रभावकारी बनाउन नसकिने भन्दै उनले रोगजारीको लागि सीपमुलक तालिम आयोजना गर्दै आएको बताए । मृगकुञ्जले सञ्चालन गरेका २७ वटा संरक्षणमुलक कार्यक्रम मध्ये युवा केन्द्रीत सीप मुलक तालिम, मुसहर महिलालाई तरकारी खेती तथा नेचर गाइड तालिम प्रभावकारी भएको घिमिरेले बताए ।

    कार्यक्रममा रत्ननगरनगरपालिका वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, क्षेत्रीय होटल संघका सचिव महेश खनाल लगायतले मन्तव्य राखेका थिए ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.