चितवन । स्व. टिकामाया धितालकाे निधन भएकाे ४५ अौ दिनकाे पूण्यतिथिकाे अबसरमा आधारभूत बिध्यालय लगाैटाका बिध्यार्थीहरुलाई दिवा खाजा खुवाईएकाे छ । उहाँका छाेराहरु जीवन धिताल र कल्याण धितालकाे परिवारले बिध्यालयमा अध्ययनरत १५० जना बिध्यार्थिलाई दिवा खाजा खुवाउनु भएकाे हाे ।
धिताल परिवारले भरतपुर महानगरपालिका वडा नम्बर १७ मा अबस्थित बिध्यालयका बालबालिकालाई एक दिनकाे खाजाकाे व्यवस्था गरेकाे हाे । स्व. टिकामाया सामाजिक काममा प्रेरित भईरहने गर्नुभएका कारण बिध्यालयका बालबालिकालाई खाजा खुवाएकाे छाेरा जीवन धितालले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे ” सामाजिक काममा हामिलाई प्रेरित गर्ने व्यक्ति भएका कारण उत्तप्रेरित गर्ने गर्नुहुन्थ्याे ।”
बिध्यालयका प्रध्यानाध्यापक राेमाकान्त पाैडेलले बालबालिकालाई दिवाखाजा सहयाेग गर्ने परिवार प्रति आभार व्यक्त गर्नुभयाे । बिध्यालयमा नर्सरी देखि कक्षा ५ सम्मका बिध्यार्थिहरुलाई दिवा खाजाकाे व्यवस्था गरिएकाे छ । स्व. टिकामायाँकाे यहि माघ २ गते निधन भएकाे थियाे ।