• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

इयुले डोटीमा शुरु गर्यो कफीखेती सम्बन्धी अभिवृद्धि तालिम


  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
  • सर्बजीत थापामगर, डोटी । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुदूर पश्चिम प्रदेशको डोटीमा किसानको लागि क्षमता अभिवृद्धि तालिम शुक्रबारबाट सुरू भएको छ।

    Advertisement

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमले डोटीको शिखर नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा शिखर नगरपालिकाका ३५ जना कफी किसानको सहभागिता छ । ती मध्ये अधिकांश महिला छन् ।
    कफी खेतीको लागि धेरै सम्भावना बोकेको यस जिल्लामा कफीको वैज्ञानिक,दिगो तथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो ।तालिमले संभावित किसानहरूलाई कफी खेतीका वैज्ञानिक विधिबारे जानकारी गराउनुका साथै यसको संभावना र लाभबारे जानकारी दिइ यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य पनि राखेको छ ।

    स्थानीय तह मार्फत उद्यमी तथा किसानलाई कफी मूल्य श्रृंखलामा उनीहरूको उच्चतम सहभागीता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।तालिमको अवसरमा १२० वटा कफी विरूवाहरू रोप्नुका साथै नर्सरी व्यवस्थापनबारे प्रयोगात्मक प्रदर्शन गरिने छ ।

    तालिमकी सहभागी विष्ना भाटले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञानबाट आफूले कफी खेती सुरू गर्ने बताइन् । शिखर नगरपालिका उपप्रमुख सुनिता रावलले कफीको खेतीका लागि स्थानीय तह र सरोकारवाला संस्थाहरूसँगको सहकार्य गरी अघि बढ्ने बताइन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमाल, कफी विज्ञ डा.बद्री बस्ताकोटी र समाजसेवी अमर वहादुर शाहीले लगायतले देशमा कफीको उत्पादनको संभावना प्रचुर रहेको अवस्थामा उत्पादन देखि प्रशोधन उपभोग र निर्यात सम्मका मूल्य श्रुखलालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।

    उनीहरूले नेपालमा कफीको वृहद सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको बताउँदै विदेशी बजारमा उच्च मूल्य रहेको नेपाली कफीको उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।
    नेपालमा१२ लाख हेक्टरमा कफी खेतीको संभावना रहे पनि हाल करिब ४२ जिल्लामा करिब ३६५५ हेक्टरमा कफी खेती हुने गरेको छ ।

    नेपालमा आर्थिक वर्ष २०७९÷८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले रू १३ करोड ४ लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात तथा रू ३२ करोड ५८ लाख ६६ हजार मूल्य बराबरको ४५० टन कफी आयात गरेको थियो ।

    शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.