• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नारी दिवसमा आदर्शले गर्यो चितवनका ८ अग्रज महिलालाई सम्मान


  •   आइतबार, फागुन २७, २०८० मा प्रकाशित
  • चितवन । जिल्लालाई कर्मथलो बनाई विभिन्न विधागत क्षेत्रमा पहिलो पटक काम शुरु गर्ने तथा पहिलो पटक नेतृत्वमा पुगेका दिग्गज महिलाहरुलाई सम्मान गरिएको छ । ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले भरतपुरमा समाज रुपान्तरणको अभियानमा न्यायिक, स्वास्थ्य,शिक्षा, सहकारी र यातायातको क्षेत्रमा अगुवाई गर्ने अग्रज महिलाको खोजी गरि सम्मान गरेको हो ।

    Advertisement

    सम्मानित हुनेमा चितवनको पहिलो महिला कानुन व्यवसायी अधिवक्ता फुलमाया रानाभाट, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शारदा कुवँर, पहिलो परिचारिका शकुन्तलादेवी थापा पन्त, पहिलो महिला एक्साभेटर चालक बसन्ती गुरुङ्ग, नेपाल शिक्षक संघ चितवनमा निर्वाचित पहिलो महिला अध्यक्ष इन्दिरा मरहठ्ठा, अखिल नेपाल क्रान्तिकारी शिक्षक संगठनमा निर्वाचित पहिलो महिला अध्यक्ष मन्जु सिम्खडा र लामो समयदेखि आदर्श नारी क्लिनिकमा सेवारत संघर्षशील एकल महिला शिव कुमारी बस्याल रहनुभएको छ ।

    उहाँहरुलाई आदर्श नारी विकास केन्द्र संस्थापक एवं आदर्श गृह नेपालका संरक्षक मीना खरेल र कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य महिला नेतृ माननीय डाः डिला संग्रौलाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । सम्मानित महिला डाक्टर कुवँरले ६० बर्ष पुुगेका आफ्नो कार्यरत संस्था आशा अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गर्नुभयो । अधिवक्ता रानाभाटले सम्मानले आफ्नो जिम्मेवारी थप बढेको बताउँदै आगामी दिनमा पनि हिंसामा परि न्यायको पहुँचबाट टाढा रहेका महिलाहरुको न्यायका लागि ससक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमममा बोल्दै माननीय डाः संग्रौलाले चितवनमा अग्रणी स्थानमा रहेर सेवा गरिरहेका महिलाहरुलाई राज्यले नै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । महिलामा लगानीःः सभ्य र समुन्नत समाजको थालनी भन्ने नारालाई दिवसमा मात्र सिमित गर्न नहुने उहाँको तर्क थियो । गृहिणी महिलाको कामको सम्मान स्वरुप सामाजिक सुरक्षा भक्ताको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय माया श्रेष्ठ, माननीय गिता गुरुगं, जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर महामनगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी उपरिक्षक भावेश रिमाल, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले यो दिवस देशव्यापी रुपमा भव्य र व्यवस्थित रुपले मनाउन सरकारी तवरबाट नै आब्हन गरिएको थियो । यस दिवस मनाउन राजनीतिक तवरबाट शुरु भएको भएतापनि हाल महिला अधिकार, महिला सशक्तिकरणर लैगिंक समानता आदि सवालहरु अन्तराष्ट्रिय महिला दिवसका विषयहरु बन्ने गरेका छन् ।

    आदर्श नारी विकास केन्द्रले यस दिवसलाई प्रत्येक बर्ष विशेष पर्वको रुपमा मनाउने गर्दछ । संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा दिवसीय कार्यक्रमका संयोजक उपाध्यक्ष शीशाराई मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    आइतबार, फागुन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.