चितवन । चितवनमा जलवायु परिवर्तनको कारण र असरबारे अन्तरक्रिया गरिएको छ । युनेस्को र क्लाइमेट एक्सन च्याम्पियन नेटवर्कको आयोजनामा आज भरतपुरमा स्थानीय युवा र सञ्चारकर्मीसंँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा युनेस्का संस्थाकी कार्यक्रम संयोजक एवं युनेस्कोका प्राकृतिक विज्ञान अधिकृत सिजल पोख्रेल र सामाजिक र वातावरणीय परिवर्तन अध्ययन (आइएसइटी)का कार्यकारी निर्देशक कञ्चनमणी दिक्षीतले प्रस्तुतीकरण दिनुभएको थियो ।
संयोजक पोखरेलले जलवायु विज्ञान साक्षरता सम्बन्धी प्रस्तुतीकरण दिंँदै पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल लगायत विश्वका अन्य राष्ट्रमा चुनौति थपिदै गएको बताउनु भयो । जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोप तथा मानिसको दैनिक जीवन , स्वास्थ्यमा समेत गम्भिर असर परेकोले यसको न्यूनिकरणका लागि सबैको साथ सहयोग हुनुपर्ने उहांँले बताउनुभयो । जलवायु परिवर्तनकै कारण अत्यधिक गर्मी, वन वातावरण असर पर्नुका साथै प्राणी तथा जीवात्मा समेत लोप हुंँदै गएको उहांँले जानकारी दिनुभयो । यसका सचेतनाको लागि सरकार, सरकारी निकाय , नागरिक तथा सञ्चारकर्मीको पनि उत्तिकै दायित्व रहेको उहांँको भनाई थियो ।
जलवायु र दिगो विकास सम्बन्धी प्रस्तुतिकरण दिंँदै आइएसइटीका निर्देशक दिक्षीतले जलवायु परिवर्तनले गरिब मुलुक र गरीब समुदायलाई थप असर पार्दै गएको बताउनु भयो । सरकारको नीति र अभ्यासको तालमेल नहुंँदा जलवायुका कारण हरेक बर्ष नेपालले प्राकृतिक प्रकोप र मानवीय क्षति बेहोर्दै आएको उहांँले बताउनु भयो ।
जलवायु परिवर्तनको सम्बोधनको लागि १७ वटा लक्ष्य तयार पारिएको बताउंँदै यसले नेपालको जलवायु परिवर्तनबाट हुने असरलाई न्यूनिकरण गर्न सकिने बताउनु भयो । सो अवसरमा स्थानीय युवा तथा सञ्चारकर्मीले यस बिषयमा भोगेका चुनौति र अनुभव साटासाट गरिएको थियो । संस्थाले मंगलबार चितवनका विभिन्न कलेजका विज्ञान शिक्षक र बुधबार स्थानीय प्रतिनिधिसंँग अन्तरक्रिया एवं अभिमुखिकरण गरेको थियो । कार्यक्रमको अमृत ढकालले सहजीकरण गर्नुभएको थियो ।