• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

कृषि वन अवधारणासँग कफी कृषकहरुको जीविकोपार्जन जोडिंँदै


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • काठमाडौं ।नेपालमा कफी खेती प्रवर्द्धनका लागि कृषि वनको अभ्यासलाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपालले सन् २०१९ मा नै कृषि वन नीति ल्याए पनि यसको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई ध्यान दिइ किसानहरूलाई अधिकतम लाभ हुने तरिकाले लागू गर्न सबै सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको उनीहरूले बताए ।
    कृषि वनको अवधारणालाई कफी खेतीमा विस्तार गर्ने उपायहरूबारे खोजी गर्न बिहीबार ललितपुरमा नेपाल सरकार र निजी क्षेत्रका सरोकारवाला निकायहरूबीच परामर्श कार्यशालाको आयोजना गरिएको थियो ।

    Advertisement

    स्थानीय कृषकहरूको सशक्तिकरणमा विशेष जोड दिइ कफी मूल्य श्रृंखलालाई बलियो बनाउन जारी उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयमार्फत कार्यान्वयन भइरहेको युरोपियन युनियन व्यापार र लगानी कार्यक्रम मार्फत यो कार्यशाला आयोजना भएको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद्, र नेपाल कफी महासंघ, इन्टरनेशनल ट्रेड सेन्टर र फ्रान्सेली कृषि अनुसन्धान तथा सहयोग संस्थालगायत सरोकारवाला निकायका कफी विज्ञ र अधिकारी सम्मिलित टोलीले वाग्मती प्रदेशमा कफी उत्पादनका लागि अग्रणी नुवाकोट, ललितपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा कृषि वनमा कफी खेतीबारे १० दिन लामो अध्ययन गरेको थियो । टोलीले स्थानीय निर्वाचित प्रतिनिधिहरू, कृषकहरू र कफी सहकारीहरूसँग कृषिवनमा कफी खेतीको प्रभावकारीता संभावना र चुनौतिबारे अन्तरक्रिया गरेको थियो ।

    कार्यशालामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुविकास मन्त्रालय, राष्टिय योजना आयोग,वन तथा वातावरण मन्त्रालय, नेपाल स्थित युरोपियन युनियन दुतावास, कृषि विभाग प्लान्ट क्वारेन्टिन तथा पेष्टिसाइड मेनेजमेन्ट कार्यालय,राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी महासंघ, कफी सहकारीसंघ लगायतका प्रतिनिधिहरू तथा कृषि वन विज्ञहरूले उत्पादन बढाउन र निर्यातलाई सहज बनाउन कफी खेतीमा कृषि वनको अवधारणालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

    किसानहरूलाई कृषि वनमा संलग्न गराउनको लागि अनुकुल वातावरण सिर्जना गरी खाद्य सुरक्षा र जोखिम व्यवस्थापन बीमामार्फत तल्लो तहमा आय आर्जन गर्न सक्षम पार्नु पर्ने उनीहरूको धारणा थियो । कफी विज्ञहरू डा. बद्री प्रसाद बस्ताकोटी, अड्रे गाभार्ड–लोन्चे, डा. क्लेमेन्ट रिगलर जीत नारायण चौधरीले नेपालमा कृषि वनको वर्तमान स्थितिको बारेमा चर्चा गर्दै कफी खेतीमा यस अवधारणाको संभावना एवं अन्तर्राष्टिय अभ्यासबारे प्रकाश पारेका थिए । कृषि वनले दिगो कफी खेतीलाई बढावा दिने बताउँदै यसले किसानहरूको लागि आर्थिक र वातावरणीय लाभा दिने उनीहरूको भनाइ थियो ।

    उक्त अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले सरकार, निजी क्षेत्र, कृषक समूह र विकास साझेदारहरूबीचको साझेदारीमा ग्रामीण क्षेत्रमा महिला र युवाका लागि रोजगारी प्रवर्द्धनका गर्न कफी उत्पादनको गुणस्तर सुधार र दिगोपनलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा जोड दिए। । अधिकारीले नेपालमा कफीको उत्पादकत्व र मूल्य श्रृङ्खला मजवुत बनाउन सहयोग गरेकोमा युरोपियन युनियनलाई धन्यवाद पनि दिए ।

    सहभागी सरोकारवालाहरूबाट प्राप्त सुझावहरू संकलन गरी कफी खेतीको दिगो व्यावसायीकरणलाई बढावा दिनस्थानीय रूपमा उपलब्ध वन क्षेत्रबाट लाभ उठाउन नीति सुधारहरू तथा थप अनुसन्धानका लागि कार्यशाला मार्फत उपायहरू तय गरिनेछ ।
    राष्ट्रिय कृषि वन नीति २०७५ले कृषि वन प्रणालीको विकास, विस्तार र व्यावसायीकरण मार्फत राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने परिकल्पना गरेको छ ।

    नीतिले जमिनको उत्पादकत्व वृद्धि गरी यसको बहुउद्देश्यीय उपयोग मार्फत कृषि, पशुपन्छी तथा वनजन्य उत्पादन बृद्धि गर्ने कुरामा जोड दिएको छ ।नेपालको आवधिक योजनाले ग्रामीण जीवनयापन, रोजगारीका अवसरहरू बढाउन जैविक कफी खेतीलाई व्यावसायीकरण गर्ने अनिवार्यतालाई जोड दिन्छ ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.