• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

लिटिल फ्लावर सोसाईटीको ‘एजुकेशन फर अल’ र ‘जेरो वेष्ट फुड’ अभियान ( तस्वीरहरु)


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • चितवन । नेपाल लिटिल फ्लावर सोसाइटी चितवनले ‘एजुकेशन फर अल’ ( सबैका लागि शिक्षा) ‘जेरो वेष्ट फुड’( शुन्य बर्बाद खाना) अभियान सम्पन्न गरेको छ ।संस्थाका निर्देशक फादर बीबीन सिएसटी र भारतका भोलुन्टर एन्टो थोमसले एभरेष्ट बेस क्याम्प र कालापत्थर हिमालको यात्रा गरी यो अभियान शुरु गर्नुभएको हो ।

    Advertisement

    नेपालजस्तो गरिब मुलुकमा शिक्षाको पहुंँच सबैतिर पुग्नुपर्छ र खाना खेर नफालौं भन्ने सन्देशका साथ यो अभियान सहित यात्रा गरिएको फादर बिबिन सिएसटीले बताउनु भयो । ‘हाम्रो यो अभियानले शिक्षा विना देश अगाडि बढ्दैन र खाना खेर फाल्नुुहुदैन र यसको सट्टा बांँड्न सक्नुपर्छ भन्ने हो ।’ फादर बीबीनले भन्नुभयो ।

    अभियानका क्रममा सन्देश लेखिएको ब्यानर लिएर नारायणगढ , टामडा हुंँदै सुर्केबाट यात्रा शुरु गरिएको थियो । उहांँहरुले एभेरेष्ट बेस क्याम्पको ५ हजार ३६४ मिटर र कालापत्थरको ५ हजार ६४४ मिटर अग्लो शिखरको यात्रा गर्नुभएको थियो । यो अभियान र यात्रा उपलब्धिमुलक र सफल भएको फादर बिबिनको भनाई छ । ‘हामीले त्यहांँ जाने पर्यटक र स्थानीय हरुसंँग हाम्रो अभियानको बारे भन्ने र बुझाउने मौका पायौं, उहांँले भन्नुभयो, उहांँहरुको प्रशंसा र प्रतिक्रियाबाट हामी र हाम्रो सोसाइटी उत्साहित छ ।’ साधारणतया एकसाता भन्दा बढी समय यो यात्रा सांँढे तीनदिनमै सफल भएको फादर बिबिनको भनाई छ । अप्रिल ४ देखि शुरु भएको यो अभियान अप्रिल ७ मा सकिएको थियो ।

    आगामी बर्षमा अभियान र सन्देशका साथै दुर्गम र शिक्षाको पहुंँच नपुगेको ठाउंँमा स्कुल स्थापना गर्ने अन्य राहतका सामाग्री समेत वितरण गर्ने योजना रहेको फादर बिबिनले बताउनु भयो । हाल सोसाइटीको सक्रियतामा नारायणगढ नवलपरासीको सेहेरी लगायत देशका अन्य जिल्ला गरी लिटिल फ्लावर सोसाइटीका पांँच स्थानमा स्कुल स्थापना गरेर अध्ययन अध्यापन गराईरहेको छ ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.