• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नमस्ते ईन्भेष्टमेन्टको साधारण सभा : पर्यटन क्षेत्र लगायत विविध क्षेत्रमा लगानी गर्दै नमस्ते इन्भेष्टमेण्ट


  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
  • चितवन । चितवनका ३० जना उद्योगी व्यवसायीको साझा संस्था न्यू होप नमस्ते ईन्भेष्टमेण्ट प्रालिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भरतपुर–२९, चौकीडांँडामा सम्पन्न साधारण सभाले आगामी भावी कार्ययोजना समेत तय गरेको छ । कम्पनीका अध्यक्ष दिपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८१, ०८२मा स्वदेशमै संभावना भएका व्यवसायिक क्षेत्रमा लगानी गर्ने जानकारी दिएको छ ।

    Advertisement

    आगामी बर्ष कम्पनीले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले अघिल्लोबर्ष रियल स्टेटमा लगानी गर्यौं ।अब हामीले पर्यटन क्षेत्रमा लगानी गर्न सौराहामा होटल खोल्ने तयारीमा छौं , अध्यक्ष श्रेष्ठले भने, देशकै तेस्रो गन्तव्य सौराहामा संभावना र अवसर दुबै छ। अहिलेको आर्थिक मन्दीमा पनि पर्यटन व्यवसाय सन्तोषजनकनै देखिन्छ ।’
    कम्पनीले शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार आगामी दिनमा चितवन बाहिर पनि विभिन्न उद्योग व्यवसाय क्षेत्रमा लगानी गर्दै जाने श्रेष्ठको भनाई छ । सो अवसरमा बोल्दै कम्पनीका सल्लाहकार दिपेश कुमार श्रेष्ठले संकट र चुनौतिका बीच पनि अवसर र संभावना हुने बताए । उनले देशको अवस्था र उपभोग ,वितरणको अवस्था हेरेर लगानी गर्दै जानुपर्नेमा जोड दिए ।
    अर्का सल्लाहाकार रुवीन रामुदामुले कम्पनीले उत्पादन रोजगारीलाई जोड्दै लगानीलार्ई विस्तार गर्दै जानु पर्ने बताए । ‘हामी सबैको आ आफ्नो उद्योग व्यवसाय छ उनले भने, ग्रुपमा काम गर्दा नोक्सान पनि कम हुन्छ, लाभ हुंँदा पनि सबैलाई शेयर हुन्छ । ’
    अर्का सल्लाहाकार मनोज रानाभाटले यो समयमा पुंँजीलाई बढीभन्दा बढी चलायमान गराउनु पर्ने बताए । ‘पुंँजीलाई अवसर र संभावना हेरेर, लगानी गर्दै लग्नुपर्छ, जसले पूजीलाई चलायमान पनि बनाउंँछ र अन्य क्षेत्रमा पनि अनुभव पनि हुंँदै जानेछ ।’ रानाभाटले भने ।
    कम्पनीका अन्य सदस्यहरुले देशको आर्थिक अवस्थालाई हेरेर कम्पनीको पूंँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
    साधारणसभामा कम्पनीका सचिव भुपेन्द्र कर्माचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने अध्यक्ष श्रेष्ठले कम्पनीको बार्षिक प्रतिवेदनका साथै भावी योजनाको बारेमा प्रकाश पारेका थिए ।
    कम्पनीले अघिल्ला बर्षहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाकालमा राहत वितरण, रक्तदान कार्यक्रम गरेको छ । आगामी दिनमा पनि स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण र आश्रमहरुमा खाद्यान्न वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    अटोमोबाईल,पोल्ट्री, कृषि, भेटेरीनरी, सहकारी, सुनचांँदी व्यवसायी, मोबाइल लगायत पेशागत सेवामा आवद्ध डाक्टर, प्राध्यापक, वकिल पेशामा आवद्ध ३० जना युवा व्यवसायीको संयुक्त लगानीमा विगत चार बर्ष अगाडी नमस्ते ग्रुप स्थापना भएको थियो । दुईबर्ष अघि कम्पनीको नाम परिवर्तन गरी न्यू होप नमस्ते इन्भेष्टमेण्टको नामबाट विभिन्न क्षेत्रमा लगानी गर्ने उद्धेश्यका साथ सञ्चालन हुंँदै आएको छ ।

    आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.