• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

कोरोना महामारीको असरले आर्थिक सन्तुलन कायम हुन नसकेको हो : सिइओ पाण्डे


  •   आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
  • चितवन । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले अनुत्पादक क्षेत्रमा लगानी हुँदा मुलुकमा आर्थिक असहजता उत्पन्न भएको बताएका छन् ।

    Advertisement

    रत्ननगर उद्योग बाणिज्य संघले आइतबार आयोजना गरेको एक कार्यक्रममा उनले कोरोनापछि वित्तीय अनुशासनमा बस्न नसक्दा आर्थिक असहजता पैदा भएको बताए । कोरोनापछि सरकारले वित्तीय औजार प्रयोग गर्न नसकेको भन्दै उनले त्यसको मार मुलुकको आर्थिक क्षेत्रले भोग्नु परेको बताए । ‘एकातिर राजनीतिक अस्थिर र अर्को तर्फ कोरोना महामारीको असरले आर्थिक सन्तुलन कायम हुन नसकेको हो ।’ उनले भने ।

    कोरोनाले थलिएका विश्वका अन्य देशहरुले वित्तीय औजारको रुपमा व्यक्तिको खाता खातामा पैसा हालेको भन्दै उनले नेपाल सरकारले भने कुनै पनि प्रकारको वित्तीय औजार प्रयोग गर्न नसकेको उनको भनाई छ । कोरोनापछि बैंकबाट ऋण लिएर उत्पादनशिल क्षेत्रमा लगानी हुँन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । बैंकबाट ऋण लिएर घरजग्गा र शेयर बजारमा लगानी गरियो उनले भने पैसा जग्गा र शेयरमा गएर जाम भयो, त्यसको असरले मुलुक थलिएको छ ।
    बजारमा हल्ला गरेजस्तो आर्थिक संकट नरहेको भन्दै उनले मौद्रिक नीतिमा सुधार गरे संकट अन्त्य हुने दावी गरे । उनले नेपाल बैंकले आर्थिक कारोबारको अलवा समाजप्रति उत्तिकै उतरदायी रहेको बताए । बैंकलाई समाजसंग नजोडी सफलता प्राप्त गर्न नसकिने भन्दै समाजको आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्वका गतिविधि गर्र्दै आएको पाण्डेले बताए । बैंक र ग्राहकको सम्बन्धलाई ऋणिको रुपमा नहेरी सहयात्रीको रुपमा लिन उनले आग्रह गरे । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले पाण्डेलाई स्वागत गरेका थिए ।

    सो अबसरमा गिरीले संकटको अबस्थामा व्यवसायीलाई पलायन हुन नदिन बैंकहरुले व्याज, किस्ता र अन्य जटिलतामा लचकता हुनुपर्ने बताए । व्यवसायीहरु ऋण तिर्न प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गिरीले तर संकटको अबस्थामा विर्सिएर बैंक तथा वित्तीय संस्थाले ऋणिलाई धरपकट गर्न नहुने बताए । उनले व्याजदर समायोजन र सहज कर्जाको व्यवस्था मिलाउन आग्रह समेत गरेका थिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उवा संघ रत्ननगरका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, केरा उत्पादक महासंघका संयोजक विष्णुहरि पन्त लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा नेपाल बैंक टाँडी शाखाका प्रमुख सरोज खनाल, संघका पूर्वअध्यक्षहरु, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

    आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.