• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्रेमवस्ती दुग्ध उत्पादक सहकारीको अध्यक्षमा न्यूरे, उत्पादनलाई विविधिकरण गर्नुपर्ने जोड


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • चितवन । प्रेमवस्ती दुध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा आनन्द प्रसाद न्यूरे निर्वाचित भएका छन । संस्थाको आज भएको बिशेष साधारण सभा बाट न्यूरे निर्विरोध निर्वाचित भएका हुन ।
    चितवन जिल्ला भरतपुर महानगरपालिका वडा न(७ प्रेमबस्तीमा रहेको संस्थामा अध्यक्षमा आनन्द प्रसाद न्यूरे, बरिष्ठ उपाध्यक्षमा ईश्वर कुमार श्रेष्ठ , उपाध्यक्षमा वावुराजा सिंह ,सचिवमा हरी प्रसाद भट्ट, कोषाध्यक्षमा राजेन्द्र प्रसाद न्यौपाने त्यस्तै सदस्यहरुमा कल्पना देवी थापा, तोयानाथ भट्टराई, हरी बहादुर घर्ती, कुमारी गुरुङ, श्याम माया सार्की र हर्क बहादुर मगर निर्वाचित भएका हुन् ।
    सहकारीको स्थापना विसं २०५६ सालमा स्थापना भएको हो । यस सहकारीको आफ्नै भवन रहेको छ भने करिब तीन करोड रूपैयाँको दूध प्रशोधन मेसिन छ । त्यस्तै, २०० गाई पाल्ने करिब पाँच करोड रूपैयाँ लागतको फार्म सञ्चालनमा छ । फार्ममा सयभन्दा वढी उन्नत नश्लका दुधालु गाईहरु छन् ।

    Advertisement

    आफ्नो फार्मबाट दैनिक ७०० लिटर र संस्थाका किसानहरुबाट ८०० लिटर गरी दैनिक जम्मा १५ सय लिटर दूधको संकलन र बिक्रीवितरण भइरहेको सहकारीका वर्तमान अध्यक्ष न्युरेले जानकारी दिए ।
    दूध संकलन र बिक्रीमा संस्थाले प्रतिलिटर तीन रूपैयाँ संस्थाको खर्च राखेर गुणस्तरको आधारमा सरकारले तोकेको दररेटअनुसार आफ्ना किसानलाई भुक्तानी गरिरहेको उनले बताए । पछिल्लो समय सरकारले दूध तथा दुग्धजन्य पदार्थको आयातमा नियन्त्रण गरिरहेको उनले बताए ।

    व्यावसायिकरुपमा दूध उत्पादन गर्ने किसानहरु आबद्ध भएको यस सहकारीले भविष्यमा दूधलाई पाउडर बनाउने, घिउ बनाउने, क्रिम बटर बनाउने र दुई वर्षसम्म दुग्धजन्य पदार्थ भण्डारण गर्ने व्यवस्था मिलाइने उनले बताए ।

    आगामी तीन वर्षभित्र संस्थाले दैनिक १० हजार लिटर दूधको उत्पादन, संकलन, बिक्रीवितरण र औद्योगिकीकरण गरी स्थानीय एक हजार घरपरिवार किसानलाई व्यावसायिक बनाउने लक्ष्य लिएको छ । माडीमा ४० बिघा जग्गा २० वर्ष भाडामा लिई २० बिघामा बहुवर्षे घाँसखेती र २० बिघामा धान, गहुँ, मकै साथै अर्गानिक तरकारी उत्पादन गर्ने सहकारीले लक्ष्य लिएको छ ।

    आगामी पाँच वर्षभित्र भरतपुर महानगरभित्रै संस्थाले पाँच बिघा जग्गा आफैँ खरिद गरी एक हजार गाईभैँसी पाल्ने योजना सहकारीको छ । आफ्नै फार्मका गाईभैँसीको मलमूत्र प्रयोग गरी खेतीपाती गर्ने, प्रशोधन गरी बिक्रीवितरण गर्ने, आगामी दुई वर्षभित्र संस्थाले आफैँ दाना उद्योग र भेटेरिनरी औषधि पसल चलाउने, आफ्ना किसानको गाईभैँसीको निःशुल्क उपचार गर्ने लगायतका महत्वाकांक्षी योजना सहकारीले बनाएको छ ।

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.