• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • २. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ३. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ४. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ५. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

प्रेमवस्ती दुग्ध उत्पादक सहकारीको अध्यक्षमा न्यूरे, उत्पादनलाई विविधिकरण गर्नुपर्ने जोड


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • चितवन । प्रेमवस्ती दुध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा आनन्द प्रसाद न्यूरे निर्वाचित भएका छन । संस्थाको आज भएको बिशेष साधारण सभा बाट न्यूरे निर्विरोध निर्वाचित भएका हुन ।
    चितवन जिल्ला भरतपुर महानगरपालिका वडा न(७ प्रेमबस्तीमा रहेको संस्थामा अध्यक्षमा आनन्द प्रसाद न्यूरे, बरिष्ठ उपाध्यक्षमा ईश्वर कुमार श्रेष्ठ , उपाध्यक्षमा वावुराजा सिंह ,सचिवमा हरी प्रसाद भट्ट, कोषाध्यक्षमा राजेन्द्र प्रसाद न्यौपाने त्यस्तै सदस्यहरुमा कल्पना देवी थापा, तोयानाथ भट्टराई, हरी बहादुर घर्ती, कुमारी गुरुङ, श्याम माया सार्की र हर्क बहादुर मगर निर्वाचित भएका हुन् ।
    सहकारीको स्थापना विसं २०५६ सालमा स्थापना भएको हो । यस सहकारीको आफ्नै भवन रहेको छ भने करिब तीन करोड रूपैयाँको दूध प्रशोधन मेसिन छ । त्यस्तै, २०० गाई पाल्ने करिब पाँच करोड रूपैयाँ लागतको फार्म सञ्चालनमा छ । फार्ममा सयभन्दा वढी उन्नत नश्लका दुधालु गाईहरु छन् ।

    Advertisement

    आफ्नो फार्मबाट दैनिक ७०० लिटर र संस्थाका किसानहरुबाट ८०० लिटर गरी दैनिक जम्मा १५ सय लिटर दूधको संकलन र बिक्रीवितरण भइरहेको सहकारीका वर्तमान अध्यक्ष न्युरेले जानकारी दिए ।
    दूध संकलन र बिक्रीमा संस्थाले प्रतिलिटर तीन रूपैयाँ संस्थाको खर्च राखेर गुणस्तरको आधारमा सरकारले तोकेको दररेटअनुसार आफ्ना किसानलाई भुक्तानी गरिरहेको उनले बताए । पछिल्लो समय सरकारले दूध तथा दुग्धजन्य पदार्थको आयातमा नियन्त्रण गरिरहेको उनले बताए ।

    व्यावसायिकरुपमा दूध उत्पादन गर्ने किसानहरु आबद्ध भएको यस सहकारीले भविष्यमा दूधलाई पाउडर बनाउने, घिउ बनाउने, क्रिम बटर बनाउने र दुई वर्षसम्म दुग्धजन्य पदार्थ भण्डारण गर्ने व्यवस्था मिलाइने उनले बताए ।

    आगामी तीन वर्षभित्र संस्थाले दैनिक १० हजार लिटर दूधको उत्पादन, संकलन, बिक्रीवितरण र औद्योगिकीकरण गरी स्थानीय एक हजार घरपरिवार किसानलाई व्यावसायिक बनाउने लक्ष्य लिएको छ । माडीमा ४० बिघा जग्गा २० वर्ष भाडामा लिई २० बिघामा बहुवर्षे घाँसखेती र २० बिघामा धान, गहुँ, मकै साथै अर्गानिक तरकारी उत्पादन गर्ने सहकारीले लक्ष्य लिएको छ ।

    आगामी पाँच वर्षभित्र भरतपुर महानगरभित्रै संस्थाले पाँच बिघा जग्गा आफैँ खरिद गरी एक हजार गाईभैँसी पाल्ने योजना सहकारीको छ । आफ्नै फार्मका गाईभैँसीको मलमूत्र प्रयोग गरी खेतीपाती गर्ने, प्रशोधन गरी बिक्रीवितरण गर्ने, आगामी दुई वर्षभित्र संस्थाले आफैँ दाना उद्योग र भेटेरिनरी औषधि पसल चलाउने, आफ्ना किसानको गाईभैँसीको निःशुल्क उपचार गर्ने लगायतका महत्वाकांक्षी योजना सहकारीले बनाएको छ ।

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • २.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ३.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ४.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    • ५.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.