चितवन । “समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार“ कम्प्युटर एसोसिएसन नेपाल महासघ (क्यान) चितवनले प्रभात फेरी कार्यक्रम गरी राष्ट्रिय सूचना,प्रविधि र सञ्चार दिवस–२०८१ मनाएको छ । प्रभातफेरी भरतपुरको अस्पताल रोड चौबिसकोठी सप्तगण्डकी चोक हुंँदै नारायणी मावि पुगेर सभामा परिणत भएको थियो । प्रभात फेरी कार्यक्रममा सूचना प्रविधिको पहुंँच ग्रामीण स्तरसम्म पुर्याऔं, आइसीटी एजुकेशन फर अल, आइसिटी फर सिक्युरिटी,सिक्युरिटी फर आइसिटी लेखिएका लगायतका प्लेकार्डहरु बोकिएका थिए ।
कार्यक्रममा विशेष सहयोगी नारायणी नमुना मावि का स्काउट र आइटीका बिद्यार्थी शिक्षक ,क्यान का सद्स्य एबम सुचना प्रविधि प्रेमीहरुको सहभगिता रहेको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यान महासघका केन्द्रीय सदस्य भानु शर्माले समृद्ध नेपाल का लागि सुचना प्रविधिको विकल्प नरहेको बताउनु भयो । शर्माले सरकारले सूचना प्रविधिको नीति निर्माणमा सहजीकरण गर्दै यस क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्यान महासघ बागमती प्रदेशका का उपाध्यक्ष सन्तोष भुसाल,जिल्ला अध्यक्ष टेकलाल भुषाल, नारायणी नमुना माविका आइटी प्रमुख दिपक तिवारी लगायतले मनतव्य राख्नु भएको थियो ।