• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

दूध उद्योगमा दुईबर्ष भित्र दुई अर्ब लगानी गर्दै प्रेमबस्ती दुग्ध सहकारी


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • चितवन । प्रेमबस्ती दुग्ध सहकारी संस्थाले दुध उद्योगमा दुई अर्ब लगानी गर्ने भएको छ । संस्थाको हालै नयांँ निर्वाचित आनन्द न्यूरेसहितको कार्यसमितिले दुग्ध परिकारमा विविधकरण गर्ने उद्धेश्यसहित दुई अर्ब लगानी गर्ने योजना बनाएको हो । आज भरतपुरमा आयोजित सहकारी दुग्ध किसानहरुसंँगको अन्तरक्रियामा बोल्दै उनीहरुले दूधको विविधिकरणको विकल्प नरहेकोले सहकारीले यो योजना सारेको बताए ।

    Advertisement

    सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष एवं व्यवसायिक कृषक समाज नेपालका अध्यक्ष न्युरेले सहकारीकै सदस्यको लगानीमा पचासहजार लिटर दूधको प्रशोधन पाउडर प्लाण्ट सञ्चालन गरिने बताए । ‘हामी किसानले दूध जतिपनि उत्पादन गर्न सक्छौं, न्यूरेले भने, हाम्रा उत्पादनहरुको बजारीकरणको ग्यारेण्टी गरिदिनु पर्यो ।’ उनले आगामी दुईबर्षभित्र एकहजार किसानलाई रोजगारी प्रदान गर्ने गरी माडीमा ४० विघामा घांँसखेती, साइलेज उद्योग , दाना उद्योग, विना ब्याज गाई खरिद , लगायतका योजना रहेको बताए । यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय ,अर्थमन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसंँग समन्वय गर्ने उनको भनाई थियो ।
    व्यवसायिक कृषक समाजका केन्द्रिय सल्लाहाकार नन्दलाल दाहालले प्रेमवस्ती दुग्ध सहकारीको लामो व्यवसायिक इतिहास रहेको बताउंँदै आगामी दुई बर्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १० हजार किसानलाई रोजगारी दिने क्षमता रहेको बताए । यसका लागि सरकारले विदेशिएका युवालाई आकर्षित गर्ने, जग्गा उपलब्धतामा सहजीकरण,साथै घांँसका बीउ अनुदान दिनुपर्ने, दाना चोकरका कच्चा पदार्थको मुल्य कम गर्नुपर्ने लगायतका बिषयमा ध्यानाकर्षण गराएका थिए ।

    समाजका केन्द्रिय सदस्य विष्णु अधिकारीले संस्थाको शेयर सदस्यबाट १ अर्ब पूंँजी संकलन र १ अर्ब ऋण लिएर जिल्लाकै नमुना पाउडर उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसबाट चितवन र नवलपरासीका किसानको संरक्षण हुने बताए ।

    सो अवसरमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले दुग्ध किसानका माग र आवश्यकता जायज रहेको भन्दै प्राथमिकताका आधारमा समस्या समाधान गर्दै जाने बताए । दुग्ध उत्पादनमा विविधिकरण र उद्योगमा आधुनिकिकरण गर्न मन्त्रालय सदैव किसानको पक्षमा रहेको उनको भनाई थियो । किसानलाई राहत, अनुदान तथा उत्पादनको बजारीकरणको लागि पनि मन्त्रालय बढी संवेदनशील भएको उनको भनाई थियो । उनले चितवनका किसानका लागि सक्दो आर्थिक तथा प्राविधिक सहयोग गर्ने समेत बताए । सहकारीले २५ बर्ष अगाडि स्थापना गर्दै दूध संकलन गर्दै आएको छ । कार्यक्रम संस्थाका संरक्षक चेतनाथ लम्सालले सञ्चालन गरेका थिए ।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.