• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

राउण्ड टेबलद्धारा बालकुमारी र मोहनपुर विद्यालयका विद्यार्थीलाई छात्रवृति र शैक्षिक सामाग्री प्रदान


  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • चितवन । चितवनका व्यवसायीहरुको साझा सामाजिक संस्था राउण्ड टेबल नेपाल १४, नारायणगढले चितवनका दुई सामुदायिक विद्यालयका १५९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आज नारायणगढमा आयोजित एक कार्यक्रमका बीच बालकुमारी उच्च मावि नारायणगढका ४४ विद्यार्थी र मोहनपुर आधारभुत विद्यालयका ११५ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो । राउण्ड टेबल १४, नारायणगढका अध्यक्ष डा. सन्दीप गर्गले बालकुमारी उच्च माविका विद्यार्थीलाई १ लाख ४५ हजार ४२० रुपैंयाको चेक र मोहनपुर आधारभुत विद्यालयका विद्यार्थीका लागि १ लाख ४ हजार ३५० रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको थियो ।
    हस्तान्तरण कार्यक्रममा बालकुमारी उच्च माविका अध्यक्ष गोपाल भट्टराई, प्रधानाध्यापक आनन्दराज सापकोटा , भरतपुर महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज रानाभाट, मोहनपुर विद्यालयका प्रधानाध्यापक कुमार लौडारी, राउण्ड टेबलका फष्ट लेडी डा.प्रेरणा गर्ग बंशाल, संयोजक कौशल श्रेष्ठ लगायत संस्थाका पूर्व अध्यक्ष , पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा राउण्ट टेबलले विद्यार्थीको लागि स्कुल ब्याग तथा किताब समेत वितरण गरेको थियो ।

    Advertisement

    राउण्ड टेबलद्धारा बालकुमारी र मोहनपुर विद्यालयका विद्यार्थीलाई छात्रवृति र शैक्षिक सामाग्री प्रदान वितरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष डां गर्गलले ’एजकुेट अ चाइल्ड’ भन्ने मुल नाराका साथ संस्थाले आर्थिक अभाव र न्यून आय भएका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्दै आएको बताउनु भयो । ‘शिक्षामा सबैको पहुंँच पुर्याउने र विपन्न समुदायलाई अध्ययन अध्यापन गर्न सहज होस भन्ने हेतुले हामीले हरेक बर्ष देशका विभिन्न विद्यालयलाई छात्रवृत्रि तथा स्टेशनरी सामान सहयोग गर्दै आएका छौं, उहांँले भन्नुभयो, यसले गरीब तथा जेहेन्दार
    विद्यार्थीलाई पढ्न सहज र उर्जा पनि मिलोस भन्ने हाम्रो विश्वास हो ।’ राउण्ड टेबल संस्थाले आज मात्रै देशका विभिन्न सामुदायिक विद्यालयका हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको अध्यक्ष डा.गर्गले जानकारी दिनुभयो ।
    प्रमुख अतिथि रानाभाटले यस्ता सहयोगले वडाभित्र रहेका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र शैक्षिक विकासको लागि थप मदत पुग्ने बताउनु भयो । ‘यो सहयोगले विद्यार्थीको अध्ययन अध्यापनमा पनि सहयोग गर्छ, शैक्षिक गुणस्तर र विद्यार्थीको संख्या बृद्धि गर्न पनि मदत पुग्छ ।’ रानाभाटले भन्नुभयो । वडाले शिक्षालाई प्राथमिकता राखेको भन्दै शिक्षाको गुणस्तर र विकासको लागि आफूहरु सामाजिक संस्थासंग सहकार्य गरेर काम गर्न चाहेको अध्यक्ष रानाभाटले बताउनु भयो ।
    कार्यक्रममा बोल्दै बालकुमारी उच्च माविका अध्यक्ष भट्टराईले यो अभियान पवित्र र प्रभावकारी रहेको भन्दै समाज परिवर्तन र रुपान्तरणको लागि सामाजिक संस्थाको दायित्व र भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । ‘यी साना बाबुनानीहरु अधिकांश श्रमिक र श्रमजीवीका छोराछोरी भएपनि बास्तविक अभिभावक आज राउण्ट टेबल भएको छ ।’ भट्टराईले भन्नुभयो ।
    प्रधानाध्यापक द्धय सापकोटा र लौडारीले न्यून आय र विपन्न समुदायलाई लक्षित गरी उनीहरुको उज्ज्वल भविष्यको लागि गरिएको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

    आगामी दिनमा पनि विद्यालयले साथ र सहयोग अपेक्षा गरेको उहांँहरुको भनाई थियो । राउण्ड टेबल संस्थाले चितवन संँगै देशका विभिन्न ठाउंँमा शिक्षा, स्वास्थ्य, सरसफाई , विद्यालय भवन निर्माण लगायतका सहयोग गर्दै आएको छ । यो संस्था २४ बर्ष अघि स्थापना भएको संस्था हो ।

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.