• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

माडीमा जलवायु परिवर्तन र मानव वन्यजन्तु बीचको द्धन्द न्यूनिकरण अन्तरक्रिया


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी,चितवन । चारैतिर निकुञ्जले घेरिएको माडीमा जलवायु परिर्वतन र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण सम्वन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

    Advertisement

    साप नेपाल र डेक नेपालको सहयोगमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले आज आयोजना गरेको सो कार्यक्रममा निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले वन्यजन्तु बस्तीमा प्रवेश गरेर मानबीय क्षति गर्न थालेपछि मानव वन्यजन्तु बीचको द्वन्द्व बढ्दै गएको बताउनु भयो । निकुञ्जको कोर क्षेत्रमा आधारको लागि घाँसे मैदान र बासस्थानको अभावका कारण वन्यजन्तु वस्तीमा प्रवेश गर्ने गरेको भन्दै आर्थिक अभावका कारण वन्यजन्तुको आहार व्यवस्थापनमा समस्या भएको बताउनु भयो ।
    वन्यजन्तु मानब बस्तीमा प्रवेश गरेर मान्छेमार्ने क्रम पछिल्लो पाँच बर्षका बढ्दै गएको उहांँले जानकारी दिनुभयो ।
    निकुञ्जको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा १२ जना, २०७६÷०७७ मा ९ जना, २०७७÷०७८ मा १२ जना, २०७८÷०७९ मा २२ जना, २०७९÷०८० मा १२ जना र चालु आर्थिक बर्षको १० महिनामा ७ जनाको वन्यजन्तुको आर्कमणबाट ज्यान मृत्यु भएको छ । अधिकाँश घटना मध्यवर्ती क्षेत्रमा घटेको सुचना अधिकारी तिवारीले बताउनु भयो । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले सरकारले मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणको लागि ठोस कदम चाल्न नसकेको बताउनु भयो ।

    चोरी शिकारीले गैंडा मार्न कम भएको छ भनेर चुप लागेर बस्ने अवस्था नरहेको भन्दै उहाँले मानबीय क्षति रोक्न तत्काल उचित कदम नचाल्ने हो भने संरक्षणमा विकराल समस्या आउने तर्फ सचेत गराउनु भयो । माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतोले निकुञ्जको विभेद र हेपाइको प्रवृत्तिका कारण मध्यवर्ती खारेज गर्नुपर्छ भन्ने आवास उठ्न थालेको बताउनु भयो ।

    माडीको विकासमा निकुञ्ज बाधक बन्दै आएको भन्दै उहांँले निकुञ्ज ऐन र नियमावली संशोधन गरेर विकासको कामलाई सहज बनाउनु पर्ने बताउनु भयो । भरतपुर र माडीको बीचमा रहेको जंगलको सडक कालोपत्रे र रिउ खोलामा करिडोर निर्माणमा निकुञ्जले सरकारलाई सहयोग गर्नुपर्ने उहांँको भनाई छ । मध्यवर्ती क्षेत्र माडी बगई सेक्टर प्रमुख नारायणदत्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बघौडा मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष प्रभूप्रसाद महतोले जलबायु परिर्वतन र मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    अयोध्यापुर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिबजी गायकले सञ्चालन गरेको उक्त कार्यक्रममा साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.