• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

राप्तीको मुहार फेर्दै मेयर लामा


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • राप्ती । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ । दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध छिचोल्दै उनले नगरको विकासमा उपलब्धी हासिल गरेका गरेका छन् । उनले नेतृत्व सुरु गरेपछि नगरको मुहार फेरिन शुरु भएको छ । उनले विकास निर्माण र नगरबासीको चाहना र गरिवी निबारणलाई प्राथमिकता दिएर काम गरेका छन् । उनले नगरबासीको आधारभूत आवश्यकता पुरा गरी विकासका काम अगाडि बढाएका छन् । नगरको भौगोलिक अवस्था र यसको आधारमा उनी जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानमा लागि प्रयासरत छन् ।

    Advertisement

    मेयर लामाले नगरको शिक्षा र स्वास्थ्यमा उल्लेखनीय परिवर्तन गरेका छन् । उनले निःशुल्क शिक्षा र स्वास्थ्यको अवधारणा कार्यान्वयनमा लगेका छन् । राप्तीका नागरिक र विद्यार्थीले अहिले पढ्न पैसा तिर्नु पदैन । स्वास्थ्य सेवा सहज भएको छ । आफ्नो कार्यकालमा उनले विपन्न घर बनाउने घोषणा गरे । उनले ५०५ घर बनाउने प्रतिवद्धता अनुरुप काम शुरु गरेका छन् ।
    तर राप्तीमा राजनीतिक द्धन्द र टकरावले जनताले विकासको पर्याप्त प्रयोग गर्न पाएका छैनन् । मेयर र उपमेयरको कार्यकक्षामा जनप्रतिनिधिले नै लगाएको ताला तीन महिना सम्म खुल्न सकेको छैन् । सोही कारणले विकासमा ढिलाई भएको छ । जनप्रतिनिधि बीचको अनावश्यक द्धन्दले दुई बर्षमा मेयर लामाले सोचे जस्तो काम गर्न नसकेको बताए । अबरोधका बीच मेयर लामाले सीमान्तकृत चेपाङ समुदायलाई आबास निर्माण देखि उनीहरुको जीवन स्तर उकास्ने गरी पालिकाको योजनालाई विकटमा उकालेका छन् । घन्टौ हिड्नुपर्ने कान्देलीको लागि, सुत्केरीको पीडामा तड्पिएका वासवाङका महिलाहरुको लागि, छाना नभएकाहरुका लागि, भोकाएकाहरुको भोक मेटाउनकै लागि शमशेर लामाले योजनालाई पहाड केन्द्रीत गरेका हन ।
    ‘६५ प्रतिशत भुभाग विकट रहेको राप्ती नगरपालिकाको मुहार एकैपटक फेर्न मुश्किल छ ,उनले भने चुड्कीमै समृद्ध नगरको खाका कहाँ कोर्न सकिन्छ ।’ जनताको मत पाएपछि भोकाएकाहरुको भोक मेट्नु पर्छ भन्दै मेयर लामा विकटका बस्तीहरुमा पुग्ने गरेका छन् ।
    विकटमा जाँदा उनी रित्तो हात जादैनन, नाना, छाना र खाना लिएर उनी बस्तीमा पुग्ने पहिलो मेयर हुन । आत्मनिर्भर जनताको परिकल्पना सहित मेयर लामाले आफ्नो दोस्रो कार्यकाल बर्ष पुरा गरेका छन् । ‘म आफै राप्तीमा जन्मिएर यही हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु, उनले भने अध्ययनको क्रममा केही समय म नगर भन्दा वाहिर रहेता पनि आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले राजनीतिको माध्यमवाट जनताको सेवामा लागि परेको छु ।’

    २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं ४ को अध्यक्ष र २०७९ जेठ को निर्वाचनमा मेयर भएका उनी ओडारमा बस्ने
    चेपाङ देखि आलिसान महलमा बस्ने सम्मका व्यक्तिको अभिभावक हुन । बस्ने वास नभएका, खाने गाँस नभएका जनताको नेतृत्व गर्नु उनको लागि कम चुनौतीपूर्ण थिएन । आधा जनतालाई छिटो विकास चाहिएको थियो उनले भने सडक निर्माण, खानेपानी, यातायात र विद्युतको पहुँच पुगोस भन्ने थियो । दुई बर्षको अबधिमा मेयर लामाले ३२५ विपन्न परिवारको लागि आबास निर्माण गरेका छन् । शिक्षाका परिर्वतन ल्याउन उनले ठुलै कसरत गरे । राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अन्तर्गत हरेक बर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् । विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ । स्वास्थ्यमा नगरबासीलाई निःशुल्क एम्बुलेन्स, विरामीलाई निःशुल्क रगत, १० हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु गरिएको छ ।

    नमुना कान्दाको अभियान अन्तर्गत सडक विस्तार, वडा नं १३ मा टेलिकमको पहँुच, कान्दामा फोर जि इन्टरनेट सेवा विस्तार, विकटमा पिसानी मिलको व्यवस्था गरी दैनिक जीवनयापनलाई सहज बनाएको मेयर लामाले बताए । कृषि तर्फ कृषि एम्वुलेन्स खरिद, उत्पादनलाइ सहजीकरण, सिंचाइको लागि स्यालो बोरिङ्ग वितरण, बेमौसी तरकारीलाई प्रोत्साहन र टनेलको व्यवस्था, ८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण, मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरिएको छ । भुमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको छ ।
    बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ्ग समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन् । नागरिकको गुनासो सुन्न र उनीहरुको आबश्यकता पहिचान गर्न जनतासंग मेयर कार्यक्रम सुरु गरिएको छ ।

    राप्ती नगरपालिकालाइ प्रविधिमैत्री बनाइएको छ । नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यम वाट भइरहेका छन् । सो नगरपालिकाले चालु आर्थिक बर्ष देखि दिगो आयआर्जनको उद्देश्यलाई प्राथमिकतामा राखेर नगरलाई कफी जोन घोषणा गर्न वडा नं १३ स्थित गुन्द्रीमा कफीको विउ राख्दै कृषकलाई अनुदानमा कफी खेती शुरु गरिएकोमा वडा नं १० देखि १३ का किसानहरु कफी खेती तर्फ आकर्षित भएका छन् ।

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.