• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

वडा नम्बर २ लाई वातावरणमैत्री तथा सरसफाईयुक्त बनाउन प्रक्रिया शुरु


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नं–२ लाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा बनाउन लागि प्रारम्भिक चरणको प्रक्रिया सुरू भएको छ । यसका लागि वडा कार्यालयमा भएको आम भेलाले वडास्तरीय समितिसमेत गठन गरेको छ ।
    वडाध्यक्ष मनोज रानाभाटले वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने प्रक्रिया यसै आर्थिक वर्षबाट सुरू भएको जानकारी दिए । वडाध्यक्ष रानाभाटले भने, ‘वातावरणमैत्री वडा निर्माणका लागि सूचकहरु पूरा गर्न जनप्रतिनिधि, टोल विकास समिति, विद्यालयलगायत सम्पूर्ण संघसंस्था र वडावासी सक्रिय भएर लाग्नेछन् ।’ उनले जतिसक्दो छिटो वडालाई वातावरणमैत्री वडा घोषणा गर्ने समेत बताए ।

    Advertisement

    वडाध्यक्ष रानाभाटको संयोजकत्वमा वातावरणमैत्री वडास्तरीय समिति गठन भएको छ । कार्यवाहक अध्यक्ष परशुराम पौडेलको अध्यक्षतामा भएको आमभेलाले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा वडा सदस्यहरु परशुराम पौडेल, बेलपत्र श्रेष्ठ, उर्वशी तोलाङ गोतामे, बलराम सिटौला रहेका छन् । वडा सचिव ओमप्रकाश न्यौपाने समितिको पदेन सदस्य रहेका छन् ।
    टोल र विद्यालयबाट केही सदस्य पछि थप्ने गरी समिति गठन गरिएको कार्यवाहक अध्यक्ष पौडेलले बताए । कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरुले वडाले राम्रो कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले वडालाई वातावरणमैत्री बनाउन सकिने, तर केही चुनौतीहरु रहेको बताएका थिए ।

    वडा सचिव ओमप्रकाश न्यौपानेले वडा यस कार्यक्रममा सफल हुने बताए । उनले टोल वातावरणमैत्री भएपछि बल्ल वडा वातावरणमैत्री हुन सक्ने बताए ।

    सामाजिक संस्था युवा समाज नेपालको सहकार्यमा वडाले वातावरणमैत्री वडा निर्माणका लागि काम थालेको हो । वडास्तरीय भेलाका प्रशिक्षक किशोर खनालले ६० भन्दा बढी सूचक पूरा गरेपछि मात्र वडालाई वातावरणमैत्री वडा घोषणा गर्न सकिने बताएका थिए । युवा समाज नेपालका महासचिवसमेत रहेका खनालले अबको कार्यक्रम टोलस्तरीय हुने बताए ।
    कार्यक्रममा वडा सदस्य बलराम सिटौलाले वडालाई छिटोभन्दा छिटो वातावरणमैत्री वडा निर्माण गरिने बताए । बालकुमारी माविका प्राचार्य आनन्दराज सापकोटाले विद्यालयबाट वातावरणमैत्री वडा निर्माणका लागि पूरा सहयोग पुग्ने बताएका थिए । टोल विकास समितिका अध्यक्षहरुले अब हुने टोलस्तरीय कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता गरेका थिए ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.