चितवन। कहालीलाग्दो बाँदरमुढे घटना भएको १८ बर्ष पुगेर यही जेष्ठ २३ गते १९ बर्षमा प्रवेश गर्दैछ । तत्कालीन माओवादी पार्टीले राखेको बिद्युतिय धरापमा परेर ७५ जना घाइते भएका थिए । भने ३९ जनाको घट्नास्थलमा नै मृत्यु भएको थियो ।
बगही बसपार्कबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बस कल्याणपुर बाँदरमुढे खोलामा माओवादीले राखेको बिद्युतिय धरापमा परेको थियो । पीडितका अनुसार, आँफुहरुले अझैपनि राहत नपाएको र दोषीलाई कारबाही नगरेकोमा दुखेसो पोखेका छन् ।
यसैगरी बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष एवं उक्त घट्नामा परेर २ वटा खुट्टा ढाड र छातीको करङ्ग र हात भाँचिएको र अहिले हाल देब्रे खुट्टामा स्टिल राखेर सामान्य हिडडुल गर्दै आएका अधिकारी भन्नुहुन्छ, “भाग्यले बाँचेको हुँ, तरपनि यस्तो अबस्थामा आँफुले एकपटक मात्र फुलबारीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको हुँ ”भेटमा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्नुभएका उहाँले पीडितलाई राहतको प्याकेज ल्याउने आश्वासन दिएर मात्र जाने गरेको अधिकारीले दुखेसो पोख्नुभयो ।
अधिकारीले भन्नुभयो, “प्रचण्ड माडी आउने भएपछि मेरो घर वरपर सुरक्षा ब्यबस्था कडा बनाइन्छ । वाइसीएल प्रहरी नेता तथा कार्यकर्ताहरुले मेरो घर घेर्न थाल्छन् ।” यसमा मलाई अचम्म लाग्छ । “बरु यस्तो गर्नुभन्दा मलाई एकपटक भेटेर राम्रोसँग कुराकानी गर्दापनि हुन्छ नि,” यो संगै उहाँले फेरि भन्नुभयो, “प्रधानमन्त्री दाहालले पीडितसंग बहस गरेर हाम्रा मागहरु संवोधन गरिदिए मात्र पुग्छ, यहाँभन्दा अरु हामीले राज्यसंग अपेक्षा गरेका छैनौं,” अधिकारीले भन्नुभयो ।
उता कहालीलाग्दो बाँदरमुढे घट्ना घटेको घट्नास्थल कल्याणपुर बाँदरमुढे खोलामा पीडित समितिले जेष्ठ २३ गते दिप प्रज्वलन गर्ने भएको छ । “दोषीलाई कारबाही गर, पीडितको अधिकार सुनिश्चित गर” भन्ने नाराका साथ बाँदरमुढे घट्ना पीडित समितिद्वारा स्मृति कार्यक्रम गरिदैछ । बिहान ८ बजेबाट शुरु हुने कार्यक्रम बिगतको जस्तो भव्य नभई भिन्न र सामान्य तरिकाले मनाउन लागिएको बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारी (कृष्ण) ले जानकारी दिनुभयो ।