चितवन । चितवनमा ’फेसन फर्वाड चितवन’ सिजन २ हुने भएको छ । कसमस इभेन्टको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आज बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारी पुरा भएको जानकारी दिईएको छ ।
कार्यक्रम को सुरूवात भोली जेठ २४ गते अडिसन सिजी लेयाण्डमार्कमा रहेको हारमोनी हाइट्स एण्ड बारमा हुनेछ । सहभागीहरुको लागि जेठ २५ गतेबाट कोरियोग्राफर सुसान्त काजी श्रेष्ठले ट्रेनिङ्ग दिने इभेन्ट मेनेजर अन्वेस श्रेष्ठले जानकारी दिए । करिब ६० जना मोडलहरु कार्यक्रममा सहभागी हुने आयोजककको अपेक्षा छ ।
गैंडाकोटमा रहेको नारायणी रिसोर्टमा असार ६ गते रनवे फिनाले हुनेछ ।फिनालेमा मिस नेपाल अर्थ २०२० डाड्ड सरिसा श्रेष्ठ शोज टपरको रुपमा सहभागीहरूको हौसलाका लागी आउने कसमस इभेन्टकी सिइओ रेजु श्रेष्ठले बताइन । उनले चितवनमा फेसन डिजाइनहरूको क्षमता, दक्षता उजागर गर्न कार्यक्रमले सहयोग गर्ने बताइन ।
फेसन डिजाइनरहरूले बनाएको ड्रेसअपलाई मोडेलहरूको कोरियोग्राफ काजी प्रोडक्सनका सिईओ सुसान्त काजी श्रेष्ठले गर्नेछन् । कसमस इभेन्टले फेसन फर्वाड चितवन पहिलो सिजन २०७८ सालमा सम्पन्न गरेको थियो । फेसन डिजाइन र बुटीक क्षेत्रको प्रवद्र्धनका लागी कसमस इभेन्ट २०७६ सालमा स्थापना भएको हो ।