• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

दरै समुदायको उत्थानको लागि क्षमता अभिवृद्धि तथा चेतनामुलक प्रशिक्षण


  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिकाको आयोजना तथा नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिको सहकार्यमा आइतबार भरतपुरमा दुई दिने क्षमता अभिबृद्वी तथा चेतनामूलक प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।
    कार्यक्रमको प्रमुख अतिथी भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारी रहनुभएको थियोे । प्रशिक्षण कार्यक्रमलाई उद्वघाटन गर्दै नगर उप प्रमुख अधिकारीले दरै समुदायको हक अधिकार र सामाजीक तथा सांस्कृतिक विषयका क्षेत्रमा आवाज उठाउन ढिला भइसकेको तर्क राख्नुभयो । आफ्नो हक अधिकारका लागि आफै लड्नु पर्ने बताउदै उहाँले अधिकार मागेर नपाए खोसेर भएपनी लिनुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    दरै समुदायको संस्कार सस्कृति जगेर्ना गर्नको लागि भरतपुर महानगर सधै तत्पर रहेको उप प्रमुखको भनाइ छ । ‘लोप हुँदै गएको आदिवासी जनजाति समुदायको संस्कार,संस्कृति संरक्षणमा यस्ता खालका कार्यक्रमले महत्वपूर्ण अर्थ राख्ने छ । ’उहाँले भन्नुभयो ।
    कार्यक्रममा बोल्दै नेपाल दरै उत्थान समाजका केन्द्रिय अध्यक्ष मगलराम दराइले भरतपुर महानगर भित्र ८ हजारको हाराहारीमा दराइ समुदायका मानिसहरुको स्थायी बसोबास रहेको बताउनुभयो । महानगरको वडा नम्बर १,८,९, १०, ११, १२, १३, १४,१५,१६,१७,२६ र २७ मा यो समुदायका मानिसहरुको बसोबास रहेको छ । सो अवसरमा बोल्दै दरै उत्थान समाज चितवनका अध्यक्ष रेशम दराईले चेतना नभई दरै समुदायको उत्थान नहुने भन्दै उनीहरुको क्षमता अभिवृद्धिको लागि प्रशिक्षण कार्यक्रम राखिएको बताउनु भयो । कार्यक्रममा नेपाली कांँग्रेस चितवनका सहसचिव गोपाल दरै, वडा नम्बर १२ का अध्यक्ष हरि पन्त लगायतले मन्तव्य राख्नु भएको थियो ।

    चितवन जिल्लामा भने १० हजार भन्दा बढी दराइ समुदायका मानिसहरु रहेका छन् । नेपालमा चितवन सहित तनहुँ, नवलपरासी, धादिङ, गोर्खा लगायतका दरै बस्ती भएका १३ जिल्लामा दराइ समुदायका मानिसहरुको बसोबास रहदै आएको छ ।

    आजको कार्यक्रममा क्षमता अभिबृद्वका सम्बन्धमा पत्रकार पुर्ण प्रसाद शर्माले र धर्म सस्कृतिका सम्बन्धमाजिल्ला अध्यक्ष रेशम दराइले प्रशिक्षण दिनुहुनेछ । उक्त प्रशिक्षण कार्यक्रम आगामी असार ८ गते सम्म सन्चालन हुनेछ । कार्यक्रम नेपाल दरै उत्थान समाज भरतपुर महानगर समितिका अध्यक्ष आसराम दराइको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.