• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर मेयर कप फुटबल : उपाधि भिडन्तका लागि दुबै टिम तयार


  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको उपाधि भिडन्तका लागि तयार रहेको दुबै टिमले बताएका छन् । आज (आइतबार) सम्पन्न प्रि म्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षकले फाइनलका लागि आफूहरु तयार रहेको बताएका हुन् ।

    Advertisement

    अमर माविका प्रशिक्षक आइतराम गुरुङले आफूहरु नेचुरल खेल खेल्ने बताए । सेमिफाइनलमा अपेक्षित प्रदर्शन नभएको स्मरण गर्दै गुरुङले त्यसलाई फाइनलमा सुधार्ने बताए । उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिने उनको भनाइ थियो ।

    कप्तान बसन्त कुमालले प्रतिस्पर्धि टिमलाई कमजोर आँक्ने गल्ति नगर्ने आशय व्यक्त गरे । मेयर कपको उपाधि जितेर ईतिहास रच्ने योजना रहेको उनले बताए । आफ्ना खेलाडीहरु फाइनलका लागि उत्साहित रहेको उनको भनाइ थियो । उनले मेयर कपले खेलाडीहरुलाई राम्रो प्लेटफर्म दिएको भन्दै खुशी व्यक्त गरे । यसबाट धेरै खेलाडीहरु जिल्ला लिग र उमेर समूहको राष्ट्रिय टिम छनौटको बाटो खोल्न सफल हुने विश्वास व्यक्त गरे ।

    विश्वप्रकाश माविका प्रशिक्षक सुरज गुरुङले सेमिफाइनलको कमब्याक जितले खेलाडीहरुलाई हौसला मिलेको बताए । महिनाभरी खेलाडीहरुले निकै मेहेनत गरेको भन्दै उपाधि जित्ने उनले विश्वास व्यक्त गरे । उनले अमर माविको अट्याक राम्रो रहेको भन्दै त्यसका लागि आफ्ना डिफेन्डर तयार रहेको बताए ।

    यस्तै उनले डिफेन्सिप र काउन्टर अट्याकमा जाने गरी मैदान उत्रिने बताए । खेलाडीहरुले यस अघि काउन्टर अट्याकमा नतिजा निकालेको भन्दै फाइनलमा पनि त्यसलाई निरन्तरता दिने बताए । विपक्षीको खेललाई आफूले राम्रोसँग अध्ययन गरेको उनको भनाइ थियो ।

    कप्तान लक्की गायकले विपक्षीलाई कमजोर नआँक्ने तर उपाधि जित्ने रणनितिका साथ मैदान उत्रिने बताए । फाइनलमा आफ्नो शतप्रतिशत दिने उनको भनाइ थियो । उनले मेयर कपले खेलाडीलाई आफ्नो खेल देखाउने राम्रो मौका मिलेको बताए ।

    भरतपुर महानगरपालिकाको आयोजना तथा सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी मेयर कप फुटबलको उपाधि भिडन्त भोलि (सोमबार) हुँदैछ । उपाधिका लागि सोमबार अमर मावि र विश्वप्रकाश मावि भिड्नेछन् । खेल दिउँसो ३:३० बजे भरतपुर ७ कृष्णपुरमा हुने सह आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।

    आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.