• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

तेस्रो कृषि युवा लिडरसिप समिट शुरु : जलवायुमैत्री कृषि उत्पादनमा जोड


  •   शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
  • चितवन । पछिल्लो समय जलवायु परिवर्तनले कृषि क्षेत्रमा प्रतिकुल असर परेको भन्दै जलवायुमैत्री कृषि उत्पादनमा जोड दिईएको छ । फोर एच नेपालले आयोजना गरेको तेस्रो कृषि युवा लिडरसिप समिटमा सहभागी वक्ताहरुले युवालाई विदेश पलायनबाट रोकेर कृषि उत्पादनमा लगाउनु पर्नेमा जोड दिनुभएको हो । समिटको उद्धघाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गर्नुभएको थियो र उद्धघाटनपछि बोल्दै प्रमुख शर्माले नेपालमा रोजगारी पाईएन भनेर बिदेश पलायन हुने युवाहरुलाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    उहाँले भन्नुभयो “रोजगारी र उच्च शिक्षाको वाहनामा नेपालीहरु बिदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार, सांँसद र सरोकारवाला लाग्न जरुरी छ ।” युवालाई कृषि क्षेत्रमा जोड्न सके देशमा परनिर्भरता हट्ने उहाँले बताउनुभयो । उहांँले भन्नुभयो,‘ ज्ञान,प्रविधि सिप आयात गर्न सकिन्छ तर युवाशक्ति , नेता–नेतृ आयात गर्न सकिंदैन ।’
    युवाशक्ति देशको सम्पत्ति भएको बताउंँदै उहांँले हाम्रो परिवार, समाज र सिंगो राष्ट्रका लागि आबश्यक युवाशक्ति बिदेश पलायन हुनु देशका लागि दुखद भएको उहाँको भनाई थियो । नयाँ सोच र नयाँ प्रतिवद्धताको आबश्यकता अहिलेको समाजमा रहेको उहाँल बताउनुभयो । राज्यले पुरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिदैं युवाहरुलाई स्वदेशमानै लगाउनु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “यो देशमा केही हुँदैन भनेर बिदेशीन चाहाने युवालाई यही कर्म गर्ने बातावरण वनाउन जरुरी रहेको छ ।” कृषिमा आधारीत हाम्रो समाज, अर्थतन्त्र र उद्योगहरुबाटनै अग्रमनको खाका तयार हुने उहाँको भनाई थियो ।
    कार्यक्रम बारे बोल्दै फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले युवालाई विदेश पलायनबाट रोक्न र स्वदेशमै आधुनिक तथा जलवायुमैत्री कृषि उत्पादन गर्न समिटकाृ आयोजना गरिएको बताउनु भयो । ‘पछिल्लो समय युवाहरु आधुनिक कृषि प्रणालीमा होमिन थालेका छन, यसैगरी अबका युवालाई जलवायुमैत्री कृषि उत्पादनमा पनि अभ्यस्त गराउनु पर्छ ।’उहांँले भन्नुभयो ।
    कार्यक्रममा उद्योग,पर्यटन,वातावरण समिति बागमती प्रदेश सभाका सभापति आनन्द श्रेष्ठ, बागमती युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एशिया फाउण्डेसनकी वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले कृषि र समाजमा परेको असर बारे प्रकाश पार्नु भएको थियो । उनीहरुले जलवायु परिवर्तन विश्वको चुनौति रहेको बताउंँदै यसको न्युनीकरणका लागि एकजुट हुन आग्रह गर्नुभएको थियो । ।

    जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारातमक प्रभाव परेको भन्दै उहाँहरुले कृषिलाई आधुनिकिकरण गर्दै युवाहरुको भूमिकालाई बढाउन आबश्यक रहेको बताउनुभयो । राज्यका नीति तथा कार्यक्रमहरु युवा लक्षित बनाउँदै लैजान उहाँहरुले सुझाब समेत दिनुभयो । समिटमा कृषि क्षेत्रमा संलग्न देशभरीका डेढ सय बढी युवाहरुको सहभागिता रहेको छ । विहीबारबाट शुरु समिट भोलि शनिबारसम्म चल्नेछ ।

    शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.