• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

थ्री स्टार होटल सिएमटीमा मनसु अफर शुरु : ककटेल र मकटेलमा पनि छुट सुविधा


  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोकमा रहेको थ्री स्टार मान्यता प्राप्त चितवन मिडटाउन रिसोर्ट ( सिएमटी) ले पाहुना तथा पर्यटकको लागि मनसुन अफर शुरु गरेको छ । पर्यटकीय सिजन अफ भएसंँगै र भरतपुर भ्रमण बर्षलाई लक्षित गर्दै रिसोर्टले म्याजिक मनसुन अफर शुरु गरेको हो । रिसोर्टका अनुसार ९९९९ रुपैंयामा एकजोडीले तीन रात र चार दिन बिताउन पाउन सक्नेछन ।
    रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भरतपुर भ्रमण बर्ष र बर्षायामलाई लक्षित गर्दै मनसुन अफर शुरु गरिएको बताए । ‘यतिबेला बर्षायाम शुरु र पर्यटक कम हुने बेला हो , उनले भने, यसलाई नै मध्यनजर गरेर मनसुन छुट अफर दिएका हौं । शायद यो अफर चितवनका कुनै होटल रिसोर्टमा छैन ।’
    यो समय सभा सम्मेलन , बिहे पार्टी लगायतका गतिविधि कम हुने भएकोले पनि मनसुन अफर शुरु गरिएको घिमिरेको भनाई छ ।
    रिसोर्टले मकटेल र ककटेलमा समेत १५ प्रतिशत छुट अफर दिएको जनाएको छ । अघिल्लो महिनामा मात्रै रिसोर्टले थ्री स्टारको मान्यता प्राप्त गरेको थियो ।
    सम्भवत् चितवनमै सबैभन्दा धेरै व्यक्तिहरुलाई एकैपटकमा सेवा दिने गरी विभिन्न पेशा, व्यवसायहरुमा सम्लग्न व्यक्तिहरुको सामुहिक लगानीमा रहेको रिसोर्टलाई पाँचजनाको बोर्ड अफ डाइरेक्टरको टिमले सञ्चालन गरिरहेको प्रबन्ध निर्देशक घिमिरेले बताए ।
    दुई हजार जना भन्दा बढी व्यक्तिहरु अट्ने १२ हजार ३०० स्क्वायर फिटको टाउन हल, पाँचसय जना अट्ने २७९० स्क्वायर फिटको मिट हल, दुईसय जना अट्ने १हजार ८सय ८१ स्क्वायर फिटको चितवन हल, ३५० स्क्वायर फिटको कन्फेरेन्स हल र बिजनेश हलहरुबाट एकैपटकमा सेवा लिन सकिने रिसोर्टमा प्रत्यक्ष किचनको अनुभव लिई आफूलाई मन परेका खाजा, खानाको स्वाद लिने व्यवस्था समेत रहेको प्रबन्ध निर्देशक घिमिरेले जानकारी दिए ।

    Advertisement

    रिसोर्टमा अत्यधुनिक सुविधा सम्पन्न ४५ वटा रुमको रहेका छन् । स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरुलाई विशेष प्राथमिकतामा राखिएको रिसोर्टमा ८५ जनाले प्रत्यक्ष र अन्य केहीले अप्रत्यक्ष रुपमा रोजगारी समेत पाइरहेका छन् ।
    रिसोर्टमा यथेष्ट पार्किङ सुविधा, स्वीमिङ पुल, यथेष्ट गार्डेनको सुविधा रहेको रिसोर्टमा वाटर, लाइट र म्युजिक सहितको फाउन्टेन समेतको सुविधा रहेको छ भने अन्यत्र बास बसेका विदेशी पाहुनाहरुले ब्रेकफाष्ट, लन्च र रेष्टका लागि मुख्य गन्तव्यको रुपमा रिसोर्टबाट सेवा लिदै आईरहेका छन् ।

    महेन्द्र राजमार्गको मुख्य हाईवेसँगै जोडिएको रिसोर्ट भरतपुर विमानस्थलबाट २ मिनेटको दुरीमा पुग्न सकिन्छ । रिसोर्ट परिसरमा इभी (इलेक्ट्रिक भेहिकल) गाडीहरुको लागि छुट्ट चार्जिङ प्वाइन्टको समेत व्यवस्था गरिएको रिसोर्टका महाप्रबन्धक रामकुमार बञ्जाराले जानकारी दिए । रिसोर्टले वातावरणीय प्रभावलाई महत्व दिंदै संयुक्त राष्ट्रसंघीय कार्यालयमा आवद्ध भएर कार्बन फुट प्रिन्टको पनि काम गरिरहेको छ । आगामी दिनमा रिसोर्टले सौराहा र धुलिखेलमा रिसोर्ट विस्तार गर्न लागेको बञ्जाराले बताए ।

    बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.