• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

हिमाली च्यांँग्रा पश्मिनाका व्यवसायीलाई अन्तरराष्ट्रिय बजारबारे दुईदिने कार्यशाला


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • नगरकोट। नेपालको हिमाली च्याङ्ग्रा पश्मिना क्षेत्रमा संलग्न साना व्यवसायीहरूले निर्यात प्रक्रिया अन्तर्राष्ट्रिय बजारबारेमा आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर पाएका छन् । पश्मिना निर्यातकर्ता र उत्पादकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यशालाले सहभागीहरूलाई निर्यात प्रक्रिया, आवश्यकता र प्रोत्साहनको महत्त्वपूर्ण ज्ञान प्रदान गरेको थियो।

    Advertisement

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको ईयु–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिप) ले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र ( टिइपिसी) र नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) को सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको हो। टिपको प्रावधिक सहयोगमा तयार भएको“नेपालबाट पश्मिना निकासीको लागि व्यापार सहजीकरण गाइड“मा उल्लेख भएकानिर्यात प्रकृया र निर्यात आवश्यकता लगायत विभिन्न विषयका साथै अन्तर्राष्ट्रिय बजारमा भएका पछिल्ला सूचनाहरूबारे उक्त अवसरमा जानकारी गराइएको थियो ।

    पश्मिना मूल्य श्रृंखलालाई सुदृढ पार्ने र लक्षित अन्तर्राष्ट्रिय बजारहरूमा विशेषगरी युरोपियन युनियन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा नेपालको उपस्थिति बढाउने युरोपियन युनियनको बृहत्तर प्रतिबद्धताको एक हिस्साको रूपमा यो गाइड तयार गरी केही महिना अघि सार्वजनिक गरिएको थियो ।

    कार्यशालामा पश्मिना क्षेत्रका साना र मझौला उद्यमीहरू (एसएमइ) लाई फर्म दर्ता, इजाजतपत्र, नियामक अनुपालन, भन्सार क्लियरेन्स, ढुवानी समन्वय र व्यवस्थापन लगायतका आवश्यक निर्यात प्रक्रियाहरूको चरण–दर–चरण प्रक्रियाहरूबारे सहभागीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रमका सहभागीहरूले गन्तव्य देशहरूको आयात आवश्यकताहरू, अन्तर्राष्ट्रिय भन्सार महसुल संरचनाहरू, गुणस्तरको स्तर, ढुवानी खर्चहरू, डेलिभरी समयरेखाहरू र आवश्यक कागजातहरूका साथै अन्य महत्त्वपूर्ण व्यापार बारेका तथ्याङ्कका बारेमा जानकारी प्राप्त गरेका थिए। ट्रेड पोर्टल, नेपालको बजार पहुँच, पश्मिना बजार विश्लेषण र इयुबजारमा भन्सारमुक्त पहुँचबाट लाभान्वित हुने निर्यातकर्ता प्रणाली लगायत निर्यातका महत्वपूर्ण पक्षहरूबारे प्रस्तुतीकरणहरू पनि दिइएको थियो । “यो तालिम सन् २०२६ सम्म अतिकम विकसित मुलुकबाट स्तरोन्तति भए पछि आइ पर्ने नयाँ व्यापार परिस्थितलाई समाना गरी अन्तर्राष्ट्रिय बजारमा नेपालकोव्यापार हित सुरक्षित गर्न सरकार र निजी क्षेत्रले सहकार्यगर्नुपर्ने उद्योग वाणिज्य मन्त्रालयका उपसचिवलीलाधर अधिकारीले देवराज जोशीले बताउनुभयो।

    नेपालका लागि युरोपियन युनियन प्रतिनिधिमण्डलका वरिष्ठ कार्यक्रम प्रबन्धक मीम हमालले यस्ता क्षमता विकास कार्यशालाले निजी क्षेत्रलाई चुनौतीहरूको सामना गर्न र एलडिसीबाट स्तरोन्नतिपछिका अवसरहरू प्रयोग गर्न बलियो बनाउन सहायक हुनेबताउँदैयुरोपियन युनियनबाट नेपाली पश्मिना साना तथा मझौला उद्योगहरू लाभान्वित भइरहेको जीएसपी बाहेक एवरीथिंग बाहेक बजार पहुँचको अवस्थाबाट लाभान्वित भइरहेका र यस प्रकारको पहल उनीहरूलाई थप प्रतिस्पर्धी बजारका लागि तयार गर्न अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।

    एनपीआईएका अध्यक्ष धनप्रसाद लामिछानेले निजी क्षेत्रले पश्मिनाको निर्यात प्रवद्र्धन गर्न र उत्पादन सुदृढ गर्न सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै सरकार, उद्यमी र विकास साझेदारको सहकार्यबाट पश्मिना क्षेत्रलाई विस्तार गर्न सकिने धेरै सम्भावना रहेकोधारणा राख्नुभयो ।

    टीईपीसीका उपनिर्देशक राजेन्द्र सिंहलेतालिमका सहभागीहरूलाई अन्तर्राष्ट्रिय बजारका चुनौती र अवसरहरू र आफ्नो निर्यात विस्तार गर्न आवश्यक ज्ञानको बारेमा राम्रोसँग परिचित हुने अवसर मिलेको बताउनुभयो ।
    कार्यक्रममा कुल ५२ पश्मिना उद्यमीहरुको सहभागिता रहेको थियो । पश्मिना क्षेत्रका साना तथा मझौला उद्योगहरूबीचको अन्तर्राष्ट्रिय बजार र व्यापार सम्बन्धी जानकारी सम्बन्धी महत्वपूर्ण ज्ञानको अन्तरलाई ध्यानमा राख्दै, यो तालिमलाई महत्वपूर्ण औजारको रूपमा हेरिएको छ। यसले उद्यमीहरूलाई निर्यात औपचारिकताहरू र गुणस्तर आवश्यकताहरू बुझ्न सहयोग गर्दछ ।तालिमले सन् २०२६ मा अल्पविकसित देशहरू समूहबाट स्तरोन्नति हुने भएकाले अन्तर्राष्ट्रिय बजारको परिवर्तनशील गतिशीलतासँग अनुकूलन गर्न नेपालको तयारीलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.