• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सेन्ट्रल कलेजको वार्षिकोत्सव भोलि : भवन उद्घाटन तथा विविध कार्यक्रम गरी मनाउँदै


  •   बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
  • चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउनेव भएको छ । कलेजले १५ औं वार्षिकोत्सवको अवसरमा भोलि (शुक्रबार) विविध कार्यक्रम आयोजना गरेको हो ।

    Advertisement

    आज (बिहीबार) सेन्ट्रल टावरमा आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवका कार्यक्रमहरु सार्वजनिक गरिएको हो । शुक्रबार भरतपुर ओरालो स्थित कलेजको आफ्नै भवन सेन्ट्रल टावरमा औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत बैशाखबाट कलेजले उक्त भवनबाट सेवा सुरु गरिसकेको छ । औपचारिक उद्घाटन भने शुक्रबार गरिने कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले बताउनुभयो ।

    भोलि नै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिनेछ । सेन्ट्रल मोडल कलेजले यसबर्षदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । सोही कलेजको भोलि औपचारिक उद्घाटन गरिने पौडेलले बताउनुभयो ।

    कलेजले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्दै अध्ययन पश्चात रोजगारी समेत दिलाउने कलेजका कार्यक्रम संयोजक समेत रहनुभएका पौडेलले जानकारी दिनुभयो । अत्याधुनिक ल्याब, स्मार्ट बोर्ड र एसीसहितका कक्षा कोठामा अध्यापन गराइने उहाँले बताउनुभयो । कलेजले विद्यार्थीका लागि निःशुल्क बसको समेत ब्यवस्था गरेको छ । अर्को वर्ष मास्टर डिग्रीको कक्षा पनि सञ्चालनको योजना रहेको उहाँले बताउनुभयो । यस्तै निकट भविष्यमा नै एकदेखि १२ सम्मको कक्षा पनि सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

    चितवन । त्यस अघि भोलि बिहानैबाट अन्य विविध कार्यक्रम सुरु हुनेछन् । बिहान ७ बाट कार्यालय परिसरमा नै रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चितवनमा हुने रगत अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो । यस्तै चितवन नवलपुर र तनहुँका दुई सय भन्दा बढी फुटबल क्रिकेट तथा भलिवल क्लबहरुलाई खेल सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।

    उता चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आइडल विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काको प्रस्तुति रहनेछ । वार्षिक साधारण सभा, सेन्ट्रल कलेजसँग सम्बन्धित म्युजिक भिडियो र सामाजिक संघ संस्थाहरुलाई सम्मान लगयातका कार्यक्रम पनि हुने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

    कार्यक्रमहरु दिनैभर चल्नेछ । कलेजले समाजका हरेको क्षेत्र प्रतिको उत्तरदायित्व बहन गर्दै आएको पौडेलको भनाइ छ । भोलि हुने कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई उहाँले आग्रह गर्नुभयो ।

    बिहिबार, साउन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.