• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सेन्ट्रल कलेजले मनायो १६ औं वार्षिकोत्सव : नयाँ भवन उद्घाटन, रक्तदान र खेल सामग्री वितरण


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ ।

    Advertisement

    कलेजले शुक्रबार र शनिबार दुई दिन विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवसँगै कलेजको नवनिर्मित आफ्नै भवन सेन्ट्रल टावरको उद्घाटन गरिएको छ । यस्तै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिएको छ । कलेजको प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले एक कार्यक्रमकाबीच सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको उद्घाटन गर्नुभयो ।

    त्यस अघि पहिलो दिन बिहान रक्तदानबाट वार्षिकोत्सव कार्यक्रम सुरु भएको थियो । कलेज परिसरमा नै भएको कार्यक्रममा एक सय ४३ जनाले रक्तदान गरेका थिए । चितवनमा हुने रगत अभावलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।

    सोही दिन कलेजले चितवन, नवलपुर र तनहुँका बिभिन्न क्लबहरुलाई खेल सामाग्री सहयोग गरेको थियो । कलेजले करिब एक सय ५० वटा फुटबल, भलिवल तथा क्रिकेट क्लबहरुलाई खेल सामग्री सहयोग गरेको हो । फुटबल, भलिवल, क्रिकेट ब्याट र जर्सी गरी १५ लाख बराबरको खेल सामाग्री सहयोग गरिएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

    चितवन जिल्ला फुटबल संघ, क्रिकेट संघ चितवन र जिल्ला भलिवल संघ सँगको समन्वयमा उक्त कार्यक्रम सेन्ट्रल टावरको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा तिनै जिल्लाका खेलाडी, संघका पदाधिकारीलगायतको सहभागीता रहेको थियो । कलेजले मिडिया क्षेत्रबाट नारायणी अनलाइन, खेल पत्रकार सुशिल पन्त र एसवान बिल्डर्सलाई सम्मान गरेको छ । यस्तै सामाजिक कार्य गर्दै आएका ५० वटा संस्थालाई सम्मान पनि गरेको छ ।

    यस्तै पहिलो दिन नै चर्चित कलाकारहरुले सांगितिक प्रस्तुति पनि दिएका थिए । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, नेपाल आईडल सिजन ५ का विजेता करण परियार र कमेडी च्याम्पियन सुनिल खड्काले आफ्नो प्रस्तुतिबाट दर्शक झुमाएका थिए ।

    साँस्कृतिक कार्यक्रमपछि सेन्ट्रल कलेजको निर्माण रहेको म्युजिक भिडियोको प्रिमियर गरिएको थियो । सञ्जय बराल र मन्मा राईको स्वरमा रहेको नयन त्यो गाँजलु बोलको गीत सार्वजनिक गरिएको हो । सेन्ट्रल टावरमा छाँयाकन गरिएको उक्त गीतको भिडियोमा मिस पबी, सूर्य तिमल्सिना, कलेजका प्रिन्सिपल यज्ञविलास पौडेललगायतको अभिनय छ ।

    सोही दिन सेन्ट्रल कलेजका देशभरका दुई सय ५० बढी कर्माचारीहरुलाई सौराहामा रिफ्रेसमेन्ट पार्टी आयोजना गरेको थियो । वार्षिकोत्सव कार्यक्रमको दोस्रो दिन शनिबार वार्षिक साधारण सभा तथा गोष्टि आयोजना गरिएको थियो । उक्त कार्यक्रमसँगै कलेजको दुई दिने वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.