• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

महिन्द्राको नयाँ भर्सनको युभो टेक प्लस ट्रयाक्टर चितवनको बजारमा


  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • चितवन । महिन्द्राको नयाँ भर्सनको युभो टेक प्लस ट्रयाक्टर चितवनको बजारमा आएको छ । ‘महिन्द्रा ५७५ डिआई युभो टेक प्लस’ ट्रयाक्टरको आज भरतपुरमा एक कार्यक्रमकाबीच अनावरण गरिएको हो ।

    Advertisement

    भरतपुरको मिलनचोकमा रहेको महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता बिएसबी अटो मोबाईल्समा आयोजित कार्यक्रममा ट्याक्टरको अनावरण गरिएको छ । सो अवसरमा प्रमुख अतिथि अग्नि ग्रुपका निर्देशक बरदान बस्नेतले महिन्द्रा समूह अन्तर्गतकोे फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आज नेपालभरि नै युभो टेक प्लस ट्रयाक्टर शृङ्खला सार्वजनिक गरेको बताउनुभयो । उहाँले महिन्द्राको नेपाल स्थित डिलर अग्नि ग्रुपले आप्mना ग्राहकवर्गहरुलाई छिटो छरितो तथा नयाँ प्रविधिको ट्रयाक्टर उपलब्ध गराउने उद्देश्यल एकै साथ चितवन सहित विराटनगर, दमक, जनकपुर, वीरगन्ज र नेपालगन्जका शाखा र डिलरमा ट्रयाक्टरको अनावरण गरेको बताउनुभयो ।

    निर्देशक बस्नेतले माटोको प्रकार र कृषि प्रयोगहरूमा आधारित भएर यस ट्रयाक्टरको गियर चलाउन सकिने बताउनुभयो । उच्च परिशुद्धता नियन्त्रण भल्भहरू र उत्कृष्ट–इन–क्लास लिफ्ट क्षमताको साथ, यस ट्रयाक्टरले सजिलै भार बोक्न सक्ने उहाँको भनाई छ । निर्देशक बस्नेतले भन्नुभयो “शक्तिशाली र ईन्धन–कुशल इन्जिनले भरिएको, यस ट्रयाक्टरले उच्च स्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्दछ ।”

    धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुबै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरहरूका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यको लागी उपयुक्त हुने उहाँको भर्नाइ छ ।

    कार्यक्रममा चितवन अटोमोबाईल्स एसोसिएसनका अध्यक्ष राजु रानाभाटले महेन्द्रको यस ट्रयाक्टरले उपभोक्ताहरु सन्तुष्ट हुने विश्वास व्यक्त गर्नुभयो । महिन्द्राले बिक्री मात्रै नभएर बिक्री पछिको सेवा पनि प्रभावकारी रुपमा दिंदै आएको उहाँको भनाई थियो ।

    अग्नि ग्रुपका प्रदेश म्यानेजर रणवीर कुमारले ट्रयाक्टरलाई नयाँ उन्नत इन्जिन, ट्रान्समिसन र हाइड्रोलिक प्रविधिले सम्बन्धित क्षेत्रहरूमा सबैभन्दा उन्नत बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “उत्कृष्ट उत्पादनशीलता, आराम र आम्दानी प्रदान गर्ने लक्ष्य राखिएको यस ट्रयाक्टर सबैले मनपराउनु हुनेछ ।”

    कार्यक्रममा स्वागत गर्दै बिएसबी अटो मोबाईल्सका कार्यकारी निर्देशक जनक अर्यालले युभो टेक प्लस ट्रयाक्टरले ग्राहकको मन जित्न सफल हुने बताउनुभयो । नेपालको तराई र पहाडका जुनसुकै सडकमा भारी बोकेर कुद्न सक्ने क्षमता भएको यस ट्रयाक्टरमा समस्याहरु पनि कम आउने उहाँको भनाई छ । आफूहरुले ट्याक्टर बिक्रीपछिको सेवालाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरेको भन्दै उहाँले भन्नुभयो “महेन्द्रा ट्रयाक्टरको कुनै पनि पार्टस् पाईदैन भन्ने छैन, हामी सेवाग्राहीलाई सम्पूर्ण पार्टस् उपलब्ध गराउँछौं ।”

    कार्यक्रमका सभापति एवं बिएसबी अटो मोबाईल्सका अध्यक्ष बिष्णु सेढाईले चितवनका पर्सा, टाँडी, भरतपुर, मंगलपुर र माडीमा समेत सर्भिस सेन्टर राखेर आफूहरुले सेवा दिंदै आएको बताउनुभयो । उहाँले दिनरात नभनी सेवाग्राहीका समस्या समाधान गर्न आफूहरु लागि परेको बताउनुभयो ।

    सन् १९४५ मा स्थापना भएको महेन्द्रा विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादक कम्पनी हो । चितवनको बजारमा समेत महिन्द्रका धेरै ट्रयाक्टर बिक्री भएका छन् ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.