• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

ब्रिज कन्सल्टेन्सीको शाखा भरतपुरमा , पहिलो दिनमै विद्यार्थीको बढ्यो आकर्षण


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • चितवन। ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ गरिएको छ । बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्त रुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गरे । सो अवसरमा प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष भट्टराइले ब्रिज देशकै भरपर्दो कन्सल्टेन्सी मध्य एक भएको बताए । उनका अनुसार ब्रिज इक्यानको आधिकारीक वरिष्ठ सदस्य हो । भट्टराइले कन्सल्टेन्सीको थप प्रगतिको कामना गरे ।
    विशिष्ठ अतिथि शैक्षिक एवं राजनीतिक व्यक्तित्व राजेश्वर खनालले कन्सल्टेन्सीहरुको बिचमा ब्रिजले अलग पहिचान बनाउन सफल रहोस भन्दै शुभकमना दिए । उनले बिद्यार्थीहरुलाई गुणस्तरीय तवरले पढाएर तथा अब्बल बनाएर मात्रै थप अध्ययनका लागि बिदेश पठाउन सुझाब दिए ।
    त्यस्तै ब्रिजका निर्देशक महेश गिरीले आफुहरुको संस्थामार्फत उच्च शिक्षाका लागि बिभिन्न देशमा जाने बिद्यार्थी समस्यामा नपर्ने प्रतिवद्धता जनाए । चार्टर्ड एकाउण्न्टेन्ट समेत रहेका गिरीले ब्रिजबाट उच्च शिक्षाका लागि परदेश गएकाहरुलाई साथ र सहयोग रहँदै आएको स्पष्ट पारे । उनका अनुसार बिद्यार्थी संबन्धित देशको बिमानस्थलमा अवतरण गरेदेखि नै ब्रिजका प्रतिनिधिले सहयोग गर्दै आएका छन ।

    Advertisement

    उद्घाटन सत्रमा उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, बेलायतका कन्ट्रि डाइरेक्टर एण्डि होप्किन्स, ब्रिजका निर्देशक संजय पन्त लगायतले आफ्नो धारण राखेका थिए । कार्यक्रममा ब्रिज चितवनका अध्यक्ष कृसा लम्सालले मन्तव्य राख्दै संपूर्ण आगन्तुकहरुलाई स्वागत गरेकी थिइन । सो अवसरमा पत्रकार तथा नारायणी पब्लिक कलेजका व्यस्थापक अनिता खनाल, प्राचार्य बेदराज न्यौपाने र भरतपुरमा संचालित बिभिन्न कलेजका संचालक एवं व्यवस्थापकहरुको सहभागिता थियो । उद्घाटनकै दिन १ सय भन्दा बढि बिद्यार्थीले चितवन शाखाको अवलोकन गर्दे निशुल्क आइइएलटिएस कक्षाका लागि आवेदन भरेका छन । शाखा भरतपुर १० रिजालचोक बिमानस्थल धावनमार्गको अगाडी शान्त वातारणमा अवस्थित छ भने पार्किङको पनि राम्रो सुविधा छ ।

    बिक्रम संवत २०७२ सालमा स्थापना भएको ब्रिजको हालसम्म देशभर ८ वटा शाखा रहेका छन । त्यस्तै बैदेशिक शाखाहरु बेलायतको लण्डन र अष्ट्रेलियाको सिड्नीमा रहेका छन । यस कन्सलटेन्सीले बिद्यार्थीहरुलाई बेलायत, अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजिल्याण्ड, आयरल्याण्ड, फ्रान्स, जर्मनी र युरोपका बिभिन्न देशहरुमा पठाउँदै आएको छ । केन्द्रिय अध्यक्ष भुवन गिरीका अनुसार स्थापनादेखि हालसम्म ६ हजार ५ सय भन्दा बढि बिद्यार्थीको भिसा लागिसकेको छ । प्रत्येक बर्ष ७ देखि ९ सय जनाको भिसा लाग्दै आएको ब्रिजमा प्रत्येक इन्टेकमा भिसा सफल दर ७२ प्रतिशत पुग्ने गरेको छ ।

    हवाइजहाजबाट ओर्लने बित्तिकै बिद्यार्थी लिन जाने, कोठा खोज्दिने, कलेज चिनाउने र जागिर समेत खोजिदिने भएकाले बिद्यार्थी र अभिभावकको रोजाइमा यो कन्सल्टेन्सी पर्दै आएको छ । यसको बेलायत, युरोप र अष्ट्रेलियाका बिभिन्न विश्वबिद्यालयसंग प्रत्यक्ष साझेदारी समेत रहेको छ । आफुसंग सहकार्य भएका कलेजहरुबाट वार्षिक रुपमा २० जना बिद्यार्थीलाई ब्रिजले बेलायत र युरोपका बिभिन्न कलेज भ्रमण पनि गराउँदै आएको चितवन शाखा म्यानेजर सुनिल मरहठ्ठाले जानकारी दिए । कार्यक्रमको उद्घाटन सत्र शर्मिला पण्डितले संचालन गरेकी थिइन । सोहि अवसरमा पत्रकारहरुले राखेका बिभिन्न जिज्ञासाको इक्यानका अध्यक्ष भट्टराई र ब्रिजका अध्यक्ष गिरीले जवाफ दिएका थिए ।

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.