• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

१५ बर्षदेखि विशुद्ध इञ्जिनियरिङ्ग अध्यापन गर्दै युनाइटेड टेक्निकल कलेज ,भदौ ६ गतेदेखि स्नातकतहको प्रवेश परीक्षा


  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • चितवन । इञ्जिनियरिङ अध्ययनका लागि के चितवन बाहिर जानुपर्ने बाध्यता छ ? अहिले त्यस्तो वातावरण ठ्याक्कै छैन भन्दा फरक पर्दैन । किनकी एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज (युटेक कलेज) ।
    पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० देखि निरन्तर इन्जिनियरिङ विषय मात्रै अध्यापन गराउँदै आएको छ । जसले गर्दा विद्यार्थीहरुलाई पठन–पाठनमा थप सहज बनेको छ । एउटै कलेजमा विभिन्न विषय पढाई हुँदा इन्जिनियरिङका विद्यार्थीहरुलाई धेरै अवसर पाउने गरेका छैनन् । एउटा मात्रै विषय अध्यापन गराउँदै सबै पूर्वाधार निर्माण हुनुको साथै गुणस्तरमा समेत ख्याल गरिन्छ । त्यसैले वर्षौदेखि इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुको रोजाईमा युटेक कलेज पर्ने गरेको छ ।

    Advertisement

    अहिले कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि स्नातक तहमा ४ वर्षे बि.इ. कार्यक्रममा भर्ना खुलेको छ । इन्जिनियरिङ अध्ययनमा छनोट हुन लागिका लागि यही भदौं ६ गते दिउँसो २ः३० बजे प्रवेश परीक्षा राखिएको युटेक कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिए । उनका अनुसार प्रवेश परीक्षाका लागि धेरै विद्यार्थीहरुले फारम भरेका छन् । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि सिट संख्याको आधारमा भर्ना प्रक्रिया सुरु हुने ढकालले जानकारी दिए ।

    युटेक कलेजमा अहिले बी.इ. कार्यक्रम अन्तरगत चार वटा कोर्षमा अध्यापन हुँदै आइरहेको छ । बीइ इन सिभिल इन्जिनियरिङ, बीइ इन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङ र बीइ इन कम्प्युटर इन्जिनियरिङ र बीइ इन्फरमेशन टेक्नोलोजी (आइटी) इन्जिनियरिङ गरी यी चार कोर्षमा अध्ययनका लागि अहिले भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङमा ९६, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्समा ४८, कम्प्युटर इन्जिनियरिङमा ४८ र आइटी इन्जिनियरिङमा ४८ जनाको सिट रहेको छ । आइटी इन्जिनियरिङ चितवनमा पहिलो र एक मात्र युटेक कलेजमा पढाई हुन लागेको हो ।

    कलेजले विद्यार्थीहरुको सहजताको लागि विभिन्न प्रकारका छात्रवृत्ति समेत घोषणा गरेको छ । विभिन्न कोर्षमा १५ प्रतिशतसम्म छुटको सुविधा दिइएको छ भने कक्षा १२ मा ४ जीपीए अंक ल्याएका विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । यस कलेजले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानमुलक शिक्षालाई पनि विशेष जोड दिएको छ ।

    यस कलेजले इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) समेत अध्यापन गराउँदै आएको छ । चितवनमा यही कलेजले नै पहिलोपटक इन्जिनियरिङमा स्नातकोत्तर (मास्टर्स) पढाउन थालेको हो । यस कार्यक्रम अन्तरगत २ वर्षे कन्सट्रक्सन म्यानेजमेण्ट कोर्षमा अध्यापन हुँदै आइरहेको छ । यस तहमा पढ्नका लागि १५ जनाको मात्रै सिट संख्या रहेको छ । यस्तै ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयमा पनि यहाँ मास्टर्सको अध्यापन हुँदै आइरहेको छ । दुई वर्षे ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयका लागि ३० सिट संख्या रहेको छ । यी दुवै कार्यक्रमहरु चितवनमा युटेक कलेजमा मात्रै अध्यापन हुँदै आइरहेको छ । मास्र्टसमा वर्षमा दुई पटक भर्ना खुल्ने गरेको छ ।

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.