चितवन । भरतपुरमा रहेको बोस्टन इन्टरनेसनल कलेजले भदौ ११ गते ‘ओपन हाउस’ कार्यक्रम गर्ने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका विषयविज्ञमार्फत बिएचएम कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । शुक्रबार कलेजले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले यस शैक्षिक सत्रबाट कलेजले बिएचम कार्यक्रम ल्याएको र यस कार्यक्रमका संभावनाका बारे जानकारी दिन ओपन हाउस कार्यक्रम गर्न लागिएको जानकारी दिए । चन्दका अनुसार ओपन हाउस कार्यक्रममा हस्पीटालिटी क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त गरेका विषयविज्ञ संगको अन्तरक्रिया , प्यानल डिस्कसन , ज्ञान साटासाट हुनेछ ।
नेपालमै ज्ञान आर्जन गरेपछि त्यसलाई सदुपयोग गर्न विश्वका जुनसुकै देशमा गएर पनि काम गर्न सक्ने वातवारण सिर्जना गर्नेगरी बोस्टनले दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेजले बताएको छ ‘त्यसकारण हाम्रो कार्यक्रमबारे आम विद्यार्थीमाझ पु¥याउने योजनासहित नयाँ कार्यक्रम ल्याएका हौँ,’ उनले भने।
उक्त कार्यक्रममा हस्पिटालिटी क्षेत्रका आठ जना विषयविज्ञहरू सहभागी हुने र यस क्षेत्रमा भएका अवसर र संभावना बारे उनीहरुले प्रस्तुती दिनेछन । ओपन हाउस कार्यक्रममा आइसिटी होटल इण्डियाका पूर्व उपाध्यक्ष तथा बोस्टन इन्टरनेशनल कलेज बिएचएम कार्यक्रम कन्सल्टेन्ट मनोज वीरमानी, नेपालको पहिलो फाइभस्टार एकजक्युटिभ सेफ गोविन्दनरसिंह केसी, बिबिसी मास्टरसेफ–२०२० सन्तोष साह लगायतका विषयविज्ञ कार्यक्रममा सहभागी हुने कार्यक्रमका सहसंयोजक विमल अर्यालले जानकारी दिए।
कलेजले हाल चितवनका सातै स्थानीय तहका ९८ वटै वडाका जेहेन्दार तथा न्यून आय भएका ४३ जना विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्तिमा स्नातक तहका सबै कोर्षहरुमा अध्ययन गराइने जनाएको छ ।