• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

एटुजेड दोस्रो तीज बिशेष लेखन प्रतियोगिता : प्रथम हुने महिला संचारकर्मीलाई पचास हजार पुरस्कार


  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
  • चितवन । एटुजेड समाचार डटकम मीडीयाले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको छ । एटुजेडले यसबर्ष पनि तीज पर्वलाई लक्षित गर्दै महिला पत्रकार एवम् सञ्चारकर्मीबीच “मौलिक तीज पर्व र यसका चुनौती“ शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको हो ।
    मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।

    Advertisement

    चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार ÷ सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला,संस्कृतिको महत्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटाले जानकारी दिए ।

    अध्यक्ष सापकोटाका अनुसार आर्टिकल नेपाली भाषामा कम्तीमा १२०० शब्दको हुनुपर्नेछ । त्यस्तै प्रिती वा नेपाली युनिकोड फन्टमा टाइप गरि a2zsamachar2075@gmail.com ईमेल मा यही भाद्र १५ गते ४ बजेसम्ममा आफ्नो, स्थायी ठेगाना, सम्पर्क मोबाइल नम्बर र फोटो सहित पठाउनुपर्ने छ । निर्धारित समयभित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र १६ गते बिहान ११ बजेसम्म एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिने छ ।

    फेसबुक पेजमा भाद्र २० गतेसम्म गरिएका लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगीहरू छनौट गरि पुरस्कृत सापकोटाले बताए ।

    आर्टिकल लेखनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । उच्च सम्मान उपहार स्वरुप लगातार तीन बर्ष सम्म प्रथम हुने बिजेतालाई इलेक्ट्रीक स्कुटर उपहार समेत दिइनेछ ।

    आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित हुने हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २० प्रतिशत निर्णयको आधार छुट्टाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
    सो प्रतियोगिताको टाईटल स्पोन्सरमा निप्पोन एजुकेशन सेन्टर, कलर पार्टनरमा टाटा पेन्ट्स, एजुकेशन पार्टनरमा युनाईटेड टेक्निकल कलेज, हस्पिटालीटी पार्टनरमा सिएमटी होटल, हेल्थ पार्टनरमा श्री पुष्पान्जली हस्पिटल प्राली, एब्रोड पार्टनरमा ग्रेस इन्टरनेशनल एजुकेशन, साउथ कोरिया गोल्डेन इमिनेन्ट इन्टरनेशनल र स्विट पार्टनरमा राम मिस्ठान भण्डार रहेको छ ।

    शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.